मोहन वैद्य भेट्न अस्पताल पुगे प्रचण्ड

काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य (किरण)को स्वास्थ्य अवस्थाबारे जानकारी लिन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अस्पताल पुगेका छन् । उनले वैद्यसँग भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
भेटका क्रममा प्रचण्डले उपचारमा संग्लन्न चिकित्सकहरुसँग पनि वैद्यको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका थिए । नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य सुरेश श्रेष्ठका अनुसार वैद्यको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आइरहेको छ । उनलाई भेटका लागि धेरै भीडभाड नगरिदिन पनि क्रान्तिकारी माओवादीले सर्वसाधारण शुभ चिन्तकहरुसँग आग्रह गरेको छ ।
वैद्य हिजो आइतबार स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । उनी लामो समयदेखि दमका विरामी थिए । उनको हिजै छाती लगायतका स्वास्थ्य परीक्षण गरिएको थियो ।

















PM performs Rudrabhisek worship and pays homage to Pashupatinath
मध्यपूर्वमा युक्रेनको सक्रियता बढ्दो, २०१ सैन्य विज्ञ तैनाथ
कञ्चनपुरमा जग्गा विवादमा आमाको हत्या
झापाबाट लागुऔषधसहित सात जना पक्राउ
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
प्रतिक्रिया