कात्तिक ७ र ८ गते बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाइने
मेरोन्यूज
२०७८ कार्तिक ३ गते १०:४९

काठमाडौं । सरकारले राष्ट्रिय भिटामिन ए कार्यक्रम खुवाउने मिति परिवर्तन गरी ७ र ८ गते संचालन गर्ने भएको छ।
सरकारले हरेक बर्ष कात्तिक २ र ४ गते खुवाउदै आइरहेको भिटामिन ए र जुकाको औषधि यसपटक दसैं अवधिमा परेकाले ७ र ८ गते खुवाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ७५३ वटै पालिकामा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए र १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको छ।
बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन जाँदा जनस्वास्थ्यका मापदण्ड अपनाएर खुवाउन समेत मन्त्रालयको आग्रह छ ।
तस्बिर सामाजिक सञ्जाल
सम्बन्धित

















जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीको फराकिलाे अग्रता
दैलेख–२ मा एमालेका पोखरेल अगाडि
काठमाडौँका १० वटै क्षेत्रमा रास्वपाको क्लिनस्वीप
काठमाडौँ–४ मा रास्वपाका बम निर्वाचित
चितवन–२ मा रास्वपा सभापति लामिछाने विजयी
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
बाख्रामा ‘पिपीआर’ रोगको सङ्क्रमण पुष्टि
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
प्रतिक्रिया