एमाले पूर्व सांसद तामाङविरुद्ध एक हजार ६१ जनाको उजुरी

काठमाडौँ । सिभिल समूहका तत्कालिन अध्यक्ष इच्छाराज तामाङ र हालका अध्यक्ष केशवलाल श्रेष्ठसहित १२ जनाविरुद्ध एक हजार ६१ जनाले जाहेरी दिएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का अनुसार तामाङसहित सहकारीका उच्च अधिकारीविरुद्ध उक्त उजुरी परेको हो ।
सहकारीको अर्बौ रकम हिनामिना गरेको अभियोगमा पक्राउ परेका तामाङसहित सहकारी सञ्चालकविरुद्ध मंगलबारसम्म बिगो रकम ४ अर्ब ४५ करोड ३२ लाख ३४ हजार रुपैयाँ पुगेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले जनाएको छ । तामाङसहित सहकारीका उच्च अधिकारीविरुद्ध मंगलबार मात्रै ४४ जनाले जाहेरी दिएका छन् । मंगलबार नै २० करोड रुपैयाँको बिगो थपिएको हो ।
अध्यक्ष तामाङमाथि सहकारीको ८ अर्बभन्दा बढी रकम हिनामिना गरेको आरोप छ । उक्त रकम उनले सिभिल होम्समार्फत घर जग्गामा लगानी गरेर व्यक्तिगत सम्पत्ति आर्जन गरी विदेशमा लुकाएको आरोप छ । उनीविरुद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।
सिभिल सहकारीका तत्कालीन अध्यक्ष तामाङ र हालका अध्यक्ष केशवलाल श्रेष्ठसहित २८ जनाविरुद्ध सहकारीका निक्षेपकर्ताहरुले ठगीको उजुरी दिएका थिए । सिआइबीले गत असोज १८ गते तामाङसहित १२ जनालाई सुन्धाराबाट पक्राउ गरेको थियो ।















बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ
प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन
बाजुरामा अपाङ्गता भएकालाई घरमै नागरिकता वितरण
निर्वाचन सफल बनाउन योगदान दिने सुरक्षा निकायप्रति प्रधानमन्त्रीद्वारा आभार व्यक्त
हुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
प्रतिक्रिया