माओवादीमा १ लाख ७४ हजारले गराए सदस्यता नवीकरण
कर्णालीमा आक्रामक सदस्यता नविकरण, नयाँ सदस्यता लिनेको संख्यामा गुणात्मक बृद्धि, नयाँ र पूरानो गरी ६ लाख सदस्य पुर्याउने लक्ष्य

काठमाडौँ । नेकपा माओवादी केन्द्रको एक लाख ७४ हजार बढीले पुरानो सदस्यता नवीकरण गरेका छन् । संगठन विभागका एक सदस्यले दिएको जानकारीअनुसार यो पुरानो सदस्यता नवीकरणको संख्या मात्र हो ।
माओवादी केन्द्रले कात्तिक २५ गतेसम्म नयाँ सदस्यता वितरण र पुरानो सदस्यता नवीकरणको कामलाई तीव्रता दिएर राष्ट्रिय सम्मेलनसम्म ६ लाख र आगामी चुनावसम्म ३१ लाख पार्टी सदस्य पुर्याउने महत्वाकांक्षी योजना बनाएको छ । बिहीबार बिहान १० बजेसम्मको अपडेटका आधारमा एक लाख ७४ हजार १५४ जना पुराना सदस्यले पार्टी सदस्यता नवीकरण गरेका छन् ।
माओवादी केन्द्रमा लामो समयदेखि देशभर पार्टी सदस्यता कति छन् ? उनीहरूको नवीकरणको अवस्था के छ ? भन्ने यकिन तथ्यांक थिएन । तर, अहिले उसले कम्युटर प्रणालीबाटै देशभरबाट सदस्यता नवीकरण र नयाँ सदस्यताको ‘इन्ट्री’ गर्ने काम गरिरहेको छ ।
स्थायी समिति सदस्य शक्ति बस्नेतले अहिले सबै प्रदेश स्तरबाटै सदस्यता वितरण र पुराना सदस्यको नवीकरणको काम भइरहेको जानकारी दिए । ‘पार्टीले अहिले देशैभरबाट पुरानाको नवीकरण र नयाँ सदस्यता वितरणको काम आक्रामक ढंगले शुरु भइरहेको छ,’ बस्नेतले भने, ‘कात्तिक २५ सम्म पुग्दा पार्टीले लिएको लक्ष्यअनुसारको सदस्य संख्या पुग्ने अनुमान छ ।’
पुरानो सदस्यता नवीकरणमा सबैभन्दा बढी कर्णाली प्रदेशले गरेको छ । माओवादीको संगठन विभागले दिएको जानकारीअनुसार कर्णाली प्रदेशमा मात्रै ५५ हजार ४६३ जनाले सदस्यता नवीकरणको काम सम्पन्न गरिसकेका छन् । त्यसपछि सबैभन्दा बढी लुम्बिनी प्रदेशले नवीकरणको काम गरेको छ । अन्य प्रदेशमा नवीकरणको कामअगाडि बढाइएको संगठन विभागका एक नेताले जानकारी दिए ।
माओवादी केन्द्रले पार्टी सदस्यता ४ लाख बढी रहेको बताउँदै आएको थियो । माओवादी र एमाले एकता हुँदा दुवै पार्टीका गरी करिब ८ लाखमाथि पार्टी सदस्यता रहेको अनुमान गरिएको थियो । एमालेको पार्टी सदस्यको भने यथार्थ तथ्यांक रहेकाले संख्या निकाल्न सकिए पनि माओवादीतर्फको तथ्यांक अभिलेखीकरण नहुँदा संख्या यकिन गर्न कठिन भएको थियो ।
नेपाली कांग्रेसले महाधिवेशन सम्पन्न गर्नका लागि नयाँ र पुरानो गरी ८ लाख ५२ हजार ७११ जना क्रियाशील सदस्य रहेको सूची पछिल्लोपटक सार्वजनिक गरेको थियो ।
नवीकरण गराउने भन्दा नयाँ सदस्यता लिने बढी
माओवादी केन्द्रले अहिले भने अभिलेखीकरण गर्ने गरी सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणको कामअगाडि बढाएको छ । तर, उसको पुरानो सदस्यता नवीकरण गराउनेको संख्याभन्दा नयाँ सदस्यता लिनेको संख्यामा गुणात्मक वृद्धि आएको माओवादीका नेताहरुले बताएका छन् ।
नयाँ सदस्यता लिनेको संख्या माओवादीमा ह्वात्तै बढेको संगठन विभागले जनाएको छ । खासगरि १८ देखि ३० वर्ष उमेर समूहका युवाहरूले माओवादीको नयाँ सदस्यता बढी मात्रामा लिएको माओवादीको संगठन विभागले जनाएको छ । नयाँ सदस्यता वितरण भने अहिलेसम्म कति संख्यामा भयो भन्ने यकिन तथ्यांक संगठन विभागमा केन्द्रीकृत भइसकेको छैन । तर, सरदर पूराना सदस्य नविकरण भएकै सरह नयाँ सदस्यता वितरणको काम पनि भएको माओवादीको संगठन विभागका एक सदस्यले बताए ।
उनका अनुसार कात्तिक २५ सम्म पार्टीले सदस्यता नवीकरण र सदस्यता वितरणको समय तालिका तोकेकाले पनि सो अवधिसम्म पार्टीले राखेको लक्ष्य भेटिने छ । दशैँको बेला सदस्यता वितरण केही सुस्ताए पनि हिजो बुधबारदेखि दशैँ सकिएकाले आजबाट सदस्यता वितरणको काम थप आक्रामक हुने माओवादी नेताहरु बताउँछन् । ‘तिहारअगाडि नै मोटामोटी संख्या कति पुग्ने भन्ने एउटा खाका आउँछ,’ ती नेताले भने ।
माओवादी प्रवक्ता कृष्णहादुर महराले भने पार्टीको राष्ट्रिय सम्मेलनसम्म ६ लाख सम्म पार्टी सदस्यता वितरणको काम सक्ने वताएका छन् । माओवादीले पुसको दोस्रो साता राष्ट्रिय सम्मेलन गर्ने निर्णय गत केन्द्रीय समितिको बैठकबाट गरेको छ ।

















दक्षिण फिलिपिन्सबाट छ जना माझी बेपत्ता
Dhading bus accident: Manandhar trapped in bus carcass rescued alive after five hours
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
सेयर बजारमा सामान्य सुधार
विमानस्थलबाट १३ लाखका मोबाइल, ल्यापटपसहित एक जना पक्राउ
कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
रुसको बैकाल तालकाे हिउँमा बस डुब्दा सात चिनियाँ पर्यटकको मृत्यु
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
प्रतिक्रिया