‘गणेशमानको छोरा भएर मात्र राजनीतिमा आएको होइन’

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेतृत्वले परम्परा र मुल्यमान्यता विपरीत काम गरेकाले पार्टी कमजोर भएको बताएका छन् ।
बिहिबार धादिङमा भएको कांग्रेस धुनिवेशी नगर समितिको कार्यलय उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै नेता सिंहले १३ औं महाधिवेशन पछि पार्टीको नेतृत्वले विधिपद्धती र मुल्यमान्यता पालना गर्न नसक्दा पार्टी कमजोर भएको बताएका हुन् ।
उनले विधिसम्वत र संस्थागत रुपमा पार्टीलाई अगाडी बढाउनको लागी सक्षम नेतृत्वको आवश्यकता रहेको समेत बताए । पार्टीको आसन्न १४ औं महाधिबेशन कुनै पनि हालतमा तोकिएकै मितीमा हुनुपर्नेमा उनले जोड दिए ।
‘महाधिबेशन कुनै पनि हालतमा तोकिएकै मितीमा गर्नु पर्दछ । क्रियाशिल सदस्यता विधि र पद्धती अनुसार वितरण हुनुपर्छ ।’ उनले भने,‘यस अघिको सहमति अनुसार नै पार्टीको अधिवेशन अगाडी बढाउनु पर्दछ । यसमा नेतृत्वले ध्यान दिन जरुरी छ ।’
अधिवेशन त समयमा नै गर्न नसकेको काँग्रेसले कसरी देश विकास गर्न सक्छ, भनेर जनताले प्रश्न गर्न सुरु गरिसकेको उनको भनाई छ। पार्टीलाई ठिक ठाँउमा ल्याउनको लागी विधि र पद्धतीको सवैले सहि ढङ्गले पालना गर्नु उनले बताए ।
पार्टी सभापतिको गृह जिल्लामा भएको महाधिवेशन प्रहरीको घेराभित्र भएकाले पार्टीको छवि विग्रीएको उनको आरोप छ ।
राजनिती सेवाको क्षेत्र भएकाले मेवाको आस गरेर यस क्षेत्रमा लाग्न नहुने सिंहले बताए ।
हरेका आन्दोलनमा आफुले संघर्ष गर्दै आएको भन्दै उनले गणेशमानको छोरा भएर मात्र राजनितीमा नआएको उनको भनाई छ । राजनितीमा प्रवेश गर्न आफ्नो छुट्टै संघर्ष रहेको बताउँदै उनले धेरै अबरोधहरुको समाना गर्दै आएको स्मरण गरे ।
अब जनताले चाहेको आर्थिक सम्पन्ताको अभियानमा पनि कांग्रेसले नै नेतृत्व गर्ने र त्यसका लागी ठिक नेताको आवश्यक रहेको उनको जिकिर छ ।

















Nepal’s Cooperatives at Risk: Legal Concerns over RSP’s Policy
निर्वाचन आयाेगले भन्याे– निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउनू
सशस्त्र प्रहरीका २३ बरिष्ठ उपरीक्षकहरु निर्वाचन अनुगमनमा
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन, निर्वाचन सफल पार्न निर्देशन
रास्वपाकाे भैरहवा र पोखराको चुनावी सभा स्थगित
प्रतिक्रिया