माओवादीका को-को तोकिए विभागीय प्रमुख ? (सूचिसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका केन्द्रीय विभागलाई पूर्णता दिएको छ । विभागका प्रमुखहरु पनि उसले तोकेको छ । पार्टी केन्द्रीय कार्यालयमा विहिवार वसेको स्थायी कमिटि बैठकले विभागलाई पूर्णता दिने निर्णय गदै विभागका प्रमुखहरु तोकेको हो ।
नेकपाकालिन विधानको संरचनाकै शैलीमा उसले ३३ विभाग र एउटा नीति अध्ययन प्रतिष्ठान बनाएको छ । विभागमा वढीमा ३५ सदस्य रहने ब्यवस्था पनि माओवादीले गरेको छ ।
प्रवक्ता कृष्णबहादुर महराका अनुसार विभागबाहेक एउटा नीति अध्ययन प्रतिष्ठान गठन भएको छ । त्यसको प्रमुख रामचन्द्र झा छन् भने स्कूल विभागको इन्चार्जमा अध्यक्ष प्रचण्ड आफैं छन् । सम्पर्क समितिको संयोजकमा डिलाराम आचार्य रहेका छन् । यो समिति १७५ सदस्यीय बनाउने निर्णय माओवादीले गरेको छ । बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले विपत व्यवस्थापन विभाग गठन गर्न बाँकी नै रहेको जनाएका छन् । यधपी यो विभागमा सूर्य सुवेदी को नाम चर्चामा छ ।
यी हुन माओवादी बनाएका विभाग र प्रमुखहरु
१) अर्थ तथा योजना विभाग – वर्षमान पुन
२) संगठन विभाग – जनार्दन शर्मा
३) विदेश मामिला विभाग – नारायणकाजी श्रेष्ठ
४) प्रचार तथा प्रकाश विभाग – कृष्णबहादुर महरा
५) विपद व्यवस्थापन विभाग- सूर्य सुवेदी (निर्णय हुन बाँकी)
६) उद्योग मामिला विभाग – वामदेव क्षेत्री
७) कृषि तथा भूमिसुधार विभाग -हरिबोल गजुरेल
८) उपभोक्ता हित संरक्षण विभाग – मात्रिका यादव
९) कोष तथा आर्थिक विभाग – डोरप्रसाद उपाध्याय
१०) खानेपानी विभाग – विना मगर
११) जलस्रोत तथा ऊर्जा – लिलामणी पोखरेल
१२) निर्वाचन विभाग -खिमलाल देवकोटा
१३) कानून विभाग – मुक्ति प्रधान
१४) पर्यटन विभाग – झक्कुप्रसाद सुवेदी
१५) प्रादेशिक मामिला विभाग -पर्शुराम तामाङ
१६) पार्टी स्कूल विभाग – गिरिराजमणी पोखरेल
१७) पुस्तकालय तथ अभिलेख – नारायणप्रसाद शर्मा
१८) भौतिक पूर्वाधार विभाग – हरि अधिकारी
१९) युवा तथा खेलकुद विभाग -गणेशमान पुन
२०) राजकीय मामिला विभाग -रेखा शर्मा
२१) राष्ट्रिय सुरक्षा विभाग -कृष्णबहादुर महरा
२२) वन तथा वातावरण- शक्ति बस्नेत
२३) विज्ञान तथा प्रविधि विभाग – गणेश साह
२४) शिक्षा तथा मानवस्रोत विभाग- मायाप्रसाद शर्मा
२५) श्रम तथा रोजगार विभाग- रामेश्वर राय यादव
२६) संघीय संसदीय विभाग- देव गुरुङ
२७) समाज कल्याण विभाग – सत्या पहाडी
२८) सहकारी तथा गरिवी विभाग – धर्मदत्त देवकोटा
२९) शहरी विकास विभाग- देवेन्द्र पौडेल
३०) सामान्य प्रशासन विभाग- टेकबहादुर बस्नेत
३१) साहित्य तथा कला विभाग – गोपाल ठाकुर
३२) स्थानीय तह विभाग -उर्मिला अर्याल
३३) स्वास्थ्य तथा जनसंख्या विभाग- कल्पना धमला
नीति अध्ययन प्रतिष्ठान- रामचन्द्र झा

















Dhading bus accident: Manandhar trapped in bus carcass rescued alive after five hours
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
सेयर बजारमा सामान्य सुधार
धनुषामा सवारी दुर्घटनामा परी ट्राफिक प्रहरीको मृत्यु
विमानस्थलबाट १३ लाखका मोबाइल, ल्यापटपसहित एक जना पक्राउ
कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
रुसको बैकाल तालकाे हिउँमा बस डुब्दा सात चिनियाँ पर्यटकको मृत्यु
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
प्रतिक्रिया