अवैध ८० लाख रुपैयाँसहित एक जना पक्राउ
मेरोन्यूज
२०७८ कार्तिक ४ गते १५:४६
काठमाडौँ । प्रहरीले स्रोत नखुलेको अवैध ८० लाख रुपैयाँसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार गए राति मध्यपुर थिमी नगरपालिका १ लोकन्थलीबाट एक जनालाई पक्राउ गरेको हो ।
स्रोत नखुलेको ८० लाख रुपैयाँसहित पक्राउ पर्नेमा काठमाडौँ कोटेश्वर बस्ने बागलुङ गल्कोट नगरपालिका १० का ३६ वर्षीय चित्रबहादुर पुन मगर रहेका छन् । लोकन्थली मनहरा आँखा अस्पताल नजिक हुण्डीको कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले मगरलाई पक्राउ गरेको हो ।
उनको साथबाट बा ४९ प ८५६५ नंको स्कुटर र नगद ३० लाखसहित बरामद गरिएको र अनुसन्धानको क्रममा उनको कोठा तलासी गर्दा थप ५० लाख बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनलाई आवश्यक कारबाहीका लागि सम्पत्ति शुद्धिकरण विभाग ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित








गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णाली विजयी
आकर्षक छुट र सुविधासहित यामाहा नेपालद्वारा ‘यामाहा ब्लू क्याम्प’ घोषणा
‘जेरी अन टप’ले मनायो ५१औँ दिन, अहिलेसम्मको कमाइ कति ?
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
प्रतिक्रिया