सकियो हाँडीगाउँको जात्रा (फोटोफिचर)

काठमाडौं । प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट लाग्ने काठमाडौंको हाँडीगाउँ जात्रा सकिएको छ ।
काठमाडौं उपत्यकाको विभिन्न ठाउँमा लाग्ने भन्दा फरक शैलीमा जात्रा लाग्ने भएकोले हाँडी गाउँको जात्रालाई ‘कहिँ नभएको जात्रा हाँडीगाउँको’ भन्ने नेपाली उखान नै बनेको छ । यो जात्रामा ब्रम्हा, विष्णु र महेश्वरको पूजा गर्ने गर्दछन् ।
प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट हाँडीगाउँको जात्रा लाग्ने गर्दछ । हाँडी गाउँको जात्रामा बनाइने रथ अन्य जात्राको भन्दा फरक हुन्छ ।

अधिकांश जात्रामा निकालिने रथको शीरमा गजुर र देवमुर्तिलाई तल राखिएको हुन्छ हाँडी गाउँको जात्रामा मुर्तिको ठाउँमा गजुर र गजुरको ठाउँमा मुर्ति राखिएको हुन्छ । त्यसैले ‘कहिँ नभएको जात्रा हाँडी गाउँमा’ भन्ने उखान चलेको हो ।
कोरोना भाइरसको संक्रमणका कारण गत वर्ष यो जात्र हुन सकेको थिएन ।
लिच्छवीकालदेखि नै हाँडी गाउँमा जात्रा निकाल्ने गरिएको जनविश्वास रहिआएको छ ।


















तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
इरानमा फसेका विद्यार्थीहरूलाई बाहिरिन अनुमति
प्रलोपा गण्डकी अध्यक्ष शर्मा नेकपामै फर्किए
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
आईसीसी लिग-२ को तयारीका लागि २० खेलाडी छनोट
निर्वाचन अवधीमा मौसम प्रणालीमा समस्या छैन – मौसम विभाग
प्रतिक्रिया