तीन घण्टा कुरेका स्थानीयलाई देउवाको पचास सेकेण्ड !

कैलाली । सुदूरपश्चिमको बाढीपिडित प्रभावित क्षेत्रको अनुगमनको क्रममा दोधारा चाँदनी पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो भनाई राख्न एक मिनेट पनि खर्चिएनन् ।
हेलिकोप्टरबाट दोधाराको अम्बिका माध्यमिक विद्यालयमा पुगेका प्रधानमन्त्री देउवाले ५० सेकेन्डमै आफ्नो कुरा सकाए ।
एक लाइन मात्रै बोलेर उनी धनगढी फर्किएका छन् । देशकै प्रधानमन्त्री आफ्नो क्षेत्रमा आउने खबर पाएपछि प्रधानमन्त्री देउवाको भाषण सुन्न स्थानीयले तीन घण्टा कुरेका थिए ।
दिउँसो ३ बजे आउने भनिए पनि देउवा बेलुका ५ ः १५ मा त्यहाँ पुगेका थिए । हेलिकोप्टरबाट झरेर उनी कार्यक्रमस्थलतर्फ गएका देउवाले बोल्न सुरु गरे । उनी त्यहाँ १० मिनेट पनि रोकिएनन् । प्रधानमन्त्री देउवाको आयोजना गरिएको कार्यक्रमस्थल अम्बिका विद्यालयमा १५ सय बाढीपीडित आश्रय लिएका छन् ।
एक लाइनमै के भने देउवाले ?
आफ्नो ५० सेकेन्डको सम्बोधनमा देउवाले ‘आफू काठमाडौँ फर्किएपछि पीडितहरूका लागि उचित क्षतिपूर्तिको व्यवस्था गर्छु’ भने । उनले ‘छिटो भन्दा छिटो पीडितहरूको तथ्याङ्क सङ्कलन गरेर पठाउनुस् त्यसपछि राहत क्षतिपूर्तिको व्यवस्था मिलाउँछु’ मात्र भने ।
















धादिङ दुर्घटनाका घाइतेको अवस्थाबारे गृहमन्त्रीले लिए जानकारी
सानिमा रिलायन्स लाइफको मिट द च्याम्पियन्स कार्यक्रम सम्पन्न, उत्कृष्ट सम्मानित
पर्सामा धार्मिक सद्भाव खलल पुर्याउनेलाई कानुनी दायरामा ल्याउने सहमति
UML in favour of peaceful politics, stability: Chair Oli
कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
रुसको बैकाल तालकाे हिउँमा बस डुब्दा सात चिनियाँ पर्यटकको मृत्यु
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
दाङमा एमालेको झण्डा जलाएको विरोधमा काठमाडौँमा मसाल जुलुस
आज फागुन ९ गते शनिबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल
प्रतिक्रिया