सुदूरपश्चिम सरकारको नेतृत्वमा प्रधानमन्त्री देउवाको दाबी
मेरोन्यूज
२०७८ कार्तिक ५ गते १४:३२

कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा दाबी पेश गरेका छन् । नेपाल प्रेस युनियन कैलालीको आयोजनामा शुक्रबार धनगढीमा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले गठबन्धन दलसँग सल्लाह गर्ने भन्दै यस्तो बताएका हुन् ।
पत्रकारले राखेको जिज्ञासाको जवाफ दिँदै देउवाले भने, ‘सल्लाह गर्छु, माथि के हुन्छ ।’ सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व कसले गर्ने विषयमा अहिले सत्ता गठबन्धनबीच छलफल भइरहेको छ ।
प्रदेशमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी सरकारको नेतृत्वका लागि लबिङमा छन् । दुई दिनअघि बागमती प्रदेश र प्रदेश १ को नेतृत्वको विषयमा गठबन्धन दलले सहमति गरे पनि सुदूरपश्चिम प्रदेश सरकारको विषयमा कुनै निर्णय हुन सकेको छैन ।
सम्बन्धित

















उदयपुरकाे अँधेरीमा बस खस्याे, १५ जना घाइते
Dhading bus accident: Manandhar trapped in bus carcass rescued alive after five hours
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
सेयर बजारमा सामान्य सुधार
धनुषामा सवारी दुर्घटनामा परी ट्राफिक प्रहरीको मृत्यु
विमानस्थलबाट १३ लाखका मोबाइल, ल्यापटपसहित एक जना पक्राउ
कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
रुसको बैकाल तालकाे हिउँमा बस डुब्दा सात चिनियाँ पर्यटकको मृत्यु
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
प्रतिक्रिया