कांग्रेस महाधिवेशन : १३ जिल्लाको वडा अधिवेशन अन्योलमा
पार्टी मुख्य सचिव भन्छन् : तिहारअघि नै अधिवेशन हुन्छ

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील विवादका कारण वडा अधिवेशन नभएका १३ जिल्लाको अधिवेशन तिहारअघि गर्ने जनाएको छ । ती जिल्लामा गत भदौँ २५ गते कांग्रेस निवार्चन समितिले नयाँ संशोधित निवार्चन कार्य तालिका सार्वजनिक गरेको थियो । २० जिल्लामा वडा अधिवेशन गर्न बाँकी रहँदा निर्वाचन समितिले तालिका संशोधन गरेको हो ।
उक्त संशोधित कार्य तालिकाअनुसार असोज ५ गतेदेखि वडा अधिवेशन गर्नु पर्ने थियो । सोही बमोजिम ७ जिल्लाले असोज ५ गतेदेखि ९ गतेसम्म वडा अधिवेशन गरे । तर, बाँकी १३ जिल्लामा कार्य तालिका संशोधन भएको डेढ महिना बित्न लाग्दासमेत तल्लो तहको अधिवेशन हुन नसकेको हो ।
पार्टीका मुख्य सचिव कृष्ण पौडेलले १३ जिल्लामध्ये रौतहटबाहेक सबैमा क्रियाशील विवाद समाधान भएकाले पालिका तहसम्मको अधिवेशन तिहारअघि गर्ने तयारी रहेको बताए । उनले भने, ‘रौतहटको क्रियाशील विवाद पनि छिटै टुंगो लाग्छ ।’
प्रदेश २ का ८ जिल्लामध्ये रौतहटमा क्रियाशील सदस्य विवाद समाधान भएको छैन । जसले तिहारअघि हुनेमा कांग्रेस नेताहरुमा आशंका देखिएको छ । १३ जिल्लामा डोल्पा, रसुवा, बाँके, सुर्खेत, कैलाली, पर्सा बारा, रौतहट, सलार्ही, सप्तरी, महोत्तरी र सिराह रहेका छन् । यी जिल्लामध्ये सबैभन्दा बढी प्रदेश २ का जिल्लाहरूमा फर्जी क्रियाशीलको विवाद बढी छ ।
क्रियाशील विवाद समाधान समितिले दशैँ तिहारको बीचमा १३ जिल्लामा पालिका तहसम्मको अधिवेशन सक्ने काम गरिरहेको दाबी गर्दै आएको छ । निर्वाचन समितिले पनि १३ जिल्लामा एकसाथ जिल्ला निर्वाचन अधिकृत तोक्ने निर्णय गर्दै क्रियाशील सदस्यहरूको अन्तिम सूची पर्खेर बसेको समिति सदस्य गोपालकृष्ण घिमिरे जानकारी दिए ।
दशैँअघि २१ हिमाली जिल्लामा जिल्ला तहको अधिवेशन सम्पन्न गर्ने भनेकोमा जम्मा १२ जिल्लामा मात्र जिल्ला अधिवेशन सम्पन्न भएको छ । पार्टीको केन्द्रीय कार्य समितिको बैठक बसेर अधिवेशनको मिति सम्बन्धमा निर्णय गर्ने तयारी गरेका छन् ।
पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले बाँकी रहेको जिल्लामा वडा तहकै अधिवेशन हुन नसकेका जिल्लाहरूको बारेमा निर्णय गर्न केही दिनभित्र बैठक बसेर थप कहिले हुने भनेर निचोडमा पुग्ने बताए । ५७ जिल्लामा वडा र नगरपालिका अधिवेशन सकिएको छ ।

















Dhading bus accident: Manandhar trapped in bus carcass rescued alive after five hours
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
सेयर बजारमा सामान्य सुधार
धनुषामा सवारी दुर्घटनामा परी ट्राफिक प्रहरीको मृत्यु
विमानस्थलबाट १३ लाखका मोबाइल, ल्यापटपसहित एक जना पक्राउ
कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
रुसको बैकाल तालकाे हिउँमा बस डुब्दा सात चिनियाँ पर्यटकको मृत्यु
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
प्रतिक्रिया