माओवादीका दुई नेता एमालेको केन्द्रीय सदस्यमा मनोनित
मेरोन्यूज
२०७८ कार्तिक ६ गते ६:२०

काठमाडौँ । नेकपा एमालेले दुई नेतालाई केन्द्रीय सदस्यमा थप गरेको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकले एकता प्रक्रियामा सामेल भएका दुई नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हो ।
केन्द्रीय सदस्यमा थप भएका नेताहरूमा कुन्दन कुशवाह (रौतहट) र मोहम्मद समीर (बारा) रहेका छन् । एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीका अनुसार
नेकपा माओवादी केन्द्रमा रहेका उनीहरूलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।
उनीहरु माओवादी केन्द्रबाट एमालेमा गएका नेता प्रभु साहनिकट रहेको जनाइएको छ । यसैबीच एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा शनिबार मुलुकभर वडास्तर र यही कात्तिक ९ गते सबै पालिकास्तरमा अधिवेशन गर्ने कार्य तालिका रहेको छ ।
सम्बन्धित
















धादिङ दुर्घटनाका घाइतेको अवस्थाबारे गृहमन्त्रीले लिए जानकारी
सानिमा रिलायन्स लाइफको मिट द च्याम्पियन्स कार्यक्रम सम्पन्न, उत्कृष्ट सम्मानित
पर्सामा धार्मिक सद्भाव खलल पुर्याउनेलाई कानुनी दायरामा ल्याउने सहमति
UML in favour of peaceful politics, stability: Chair Oli
कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
रुसको बैकाल तालकाे हिउँमा बस डुब्दा सात चिनियाँ पर्यटकको मृत्यु
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
दाङमा एमालेको झण्डा जलाएको विरोधमा काठमाडौँमा मसाल जुलुस
प्रतिक्रिया