आयुर्वेद चिकित्सक डा. आचार्यको निधन
मेरोन्यूज
२०७८ कार्तिक ६ गते ६:४६
काठमाडौँ । आयुर्वेद चिकित्सक तथा साहित्यकार डा. शेषराज आचार्यको ७८ वर्षको उमेरमा कोरोनाका कारण निधन भएको छ । विसं २००० मा तनहुँमा जन्मिएका उनले आयुर्वेदमा आचार्यसम्मको अध्ययन गरेका थिए ।
४१ वर्ष नेपाल सरकारको सेवामा बिताएका उनी आयुर्वेदका विज्ञ रहेका थिए । उनले नरदेवी आयुर्वेद औषधालय र आयुर्वेद विभागमा निर्देशक पदमा रही काम गरेका थिए । यसैगरी सिंहदरबार वैद्यखाना विकास समितिका प्रबन्ध निर्देशकका रूपमा समेत उनले जिम्मेवारी निर्वाह गरेका थिए ।
कोरोना संक्रमित भई त्रिवि शिक्षण अस्पतालमा उपचार उनको शुक्रबार दिउँसो निधन भएको उनका भाइ डा. व्रतराज आचार्यले जानकारी दिए ।आचार्यका श्रीमती डा. कादम्बरी आचार्य, चार छोरा र दुई छोरी छन् ।
सम्बन्धित














यस्तो छ आज तरकारिकाे मूल्य
राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि
भाषा आयोगका सदस्य सुरेश मानन्धरको निधन
सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
प्रतिक्रिया