खतिवडाले उठाए मदन–आश्रित हत्याको प्रशंग

बिर्तामोड । नेकपा (एकीकृत समाजवादी) पार्टीका उप-महासचिव जगन्नाथ खतिवडाले मदन भण्डारी र जीवराज आश्रितको हत्याको प्रसंग उठाउँदै पूर्वपार्टी नेतृत्वप्रति आशंका ब्यक्त गरेका छन् ।
झापाको बिर्तामोडमा समाजवादी प्रेस संगठनले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खतिवडाले मदन–आश्रित हत्याको प्रमाण एमाले अध्यक्ष केपी ओलीले लुकाएको आरोप लगाए ।
प्रचार विभाग प्रमुख तथा पार्टी प्रवक्तासमेत रहेका खतिवडाले मदन आश्रित हत्याराको प्रमाण लुकाउन केपी ओलीहरु संलग्न रहेको दाबी गरे ।
‘उहाँहरूले हत्या गर्नुभयो पनि भन्दिन, हत्याको योजना बनाउनुभयो पनि भन्दिन’, ओलीले भने, ‘तर, हत्याराको प्रमाण लुकाउन उहाँहरू संलग्न हुनुहुन्छ भन्ने लाग्छ ।’
उनले मदन भण्डारी र जीवराज आश्रितको हत्यापछि केपी ओलीको नेतृत्वमा बनेको कार्यदलले अहिलेसम्म प्रतिवेदन सार्वजनिक नगरेको पनि उल्लेख गरे ।
खतिवडाले आफू शक्तिशाली प्रधानमन्त्री र मदन भण्डारीकी श्रीमति विद्या भण्डारी राष्ट्रपति हुँदासमेत हत्याराको खोजी गर्न नसकेको बताए ।
एमालेले मदन भण्डारीको नाम मात्रै बेचिरहेको तर वास्तविक सम्मान दिन नसकेको खतिवडाको आरोप थियो । उनले एमाले पार्टी कम्युनिस्ट हुन नसकेको पनि आरोप लगाएका थिए ।









जनार्दन शर्मालाई गृहजिल्लामै कालो झण्डा
हेमजा साहित्य महोत्सव सम्पन्न
सुनचाँदीको मूल्य घट्यो, तोलामा कति पुग्यो ?
एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद
तरकारीकाे मूल्य : आज गोलभेँडा प्रतिकिलो रु १००,गाजर रु १२५
एमाले महाधिवेशनमा विद्युतीय भोटिङ हुने
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
प्रतिक्रिया