सोमबार, फागुन ११, २०८२

सत्ता गठवन्धन जनविरोधी गठवन्धन हो, भ्रममा नपरौं : ओली

मेरोन्यूज २०७८ कार्तिक ६ गते १३:२६

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले अहिलेको सत्ता गठवन्धन दक्षिणपन्थी, जनविरोधी गठवन्धन भएको बताएका छन् । एमालेको देशभरका वडा अधिवेशनको एकैसाथ भर्चुअल माध्यमबाट समुदघाटन गदै अध्यक्ष ओलीले सत्ता गठवन्धनले देशलाई अस्थिरतातिर लैजाने, राज्यस्तरबाटै स्वेच्छाचारिता लाद्न खोज्ने प्रतिगमनकारी गठवन्धन भएको आरोप लगाए ।

Advertisement
nepal life insurencenepal life insurence

‘गठवन्धनको नाममा यो के हो, कसो हो भनेर कसैले दुविधा राख्नुपदैन । यो गठबन्धन देशलाई अस्थिरतामा लैजाने, स्वेत्छाचारिता राज्यस्तरबाटै लादनेहरुको गठबन्धन हो । यो विपरित वाटो हो, प्रतिगमनकारी वाटो हो । जनतामा रहेको सार्वभौम सत्तालाई अन्यत्र सार्ने काम यसवाट भईरहेका छन्, प्रतिगामी गतिविधि भईरहेको छ । जसको नेतृत्व ५ दलीय गठवन्धनको नाममा भनिएको छ, यो प्रतिगमनकारी गठवन्धन हो । कम्युनिष्ट सरकार ढाल्ने, दक्षिणपन्थी जनविरोधी सरकार निर्माण गर्ने काम अहिलेको गठवन्धनको नाममा भईरहेको छ ,’ एमाले अध्यक्ष ओलीले भने,–‘यसमा हाम्रो साथीहरुले कतै पनि दुविधा लिन जरुरी छैन । हामी महान उदेश्य वाट अगाडी वढेका छौं । हामी जनताले प्रत्याएका शक्ति हौं । उनीहरु हाम्रा विरोधमा आएका छन् । हामी त्यसको सामना गरेर जाने छौं । अवको चुनावमा सवै तिर शानदार ढंगले उनीहरुका गतिविधि चिरेर जानुपर्छ । त्यसमा हामी सफल हुन्छौं ।’

ओलीले एमालेलाई सत्तावाट झारेपछि सवैतिर अव एमाले युग सकिएको भनेर प्रतिगनकारी दक्षिणपन्थीहरुले हल्ला चलाएपनि त्यस्तो हल्ला बलेसीको पानीको फोका जस्तै भएको बताए ।

‘एउटा हल्ला चल्यो अलिक अगाडी देखि चलाइयो । हिजो एमालेलाई सरकारबाट हटाएपछि अव एमाले युगको अन्त्य भयो, अव नयाँ युग आयो भनेर अनेक प्रकारका हल्ल चलाइइो । ति हल्लाहरु वलेसीका पानीका फोका हुन्, त्यसको आयु धेरै लामो छैन ,’ ओलीले भने, –‘उनीहरुले चरित्र हत्या गर्न खोजे, लामा लामा दस्तावेजमाट झुटा आरोप हामीमा लगाउन खोजे । एमाले अहिले पनि तुलनै गर्न नसक्ने गरी पहिलो शक्ति हो । जनप्रतिनिधत्व , वैचारिक , सांगठनात्मक शैलीले पहिलो पार्टी हो । कहिले कुन प्रकारको हल्ला चलाउँछन, हाम्रा उदेश्य सही छन । निती कार्यान्वयन गर्ने वाटो, कार्यक्रम, योजना सही छन, लक्ष्य सही छन । काहा कसरी संर्घष गर्ने र कसरी संगठित गर्ने भन्ने थाहा छ । आत्मसवश्वासका साथ अगाडी वढौं । ’

उनले महान् उदेश्य लिएर देशको नेतृत्व गर्ने गरी अगाडी वढेको पार्टीका नेता कार्यकर्ताले साना स्वार्थमा अल्झिन नहुने पनि वताए ।

‘साना तिना स्वार्थमा नअझिल्औं, पदीय स्वार्थ ठूलो होइन । सवैमा प्रतिफलको हिस्सेदारी पुराउन सक्यौं भने सम्मानजनक जीवन जीउने वाटो बनाउन सक्यौं भने समृद्ध नेपाल सुखी नेपालीको सपना पूरा गर्न सक्छौं । दक्षिणपन्थी अवसरवाद र संगठनिक अराजकतालाई पराजित गरेर जनताको वहुदलीय जनवादलाई साकार पार्न सक्छौं ,’ ओलीले अगाडी थपे ।

उनले कात्तिक ९ को ७५३ ओटै स्थानिय तहको पालिका अधिवेशन सकेर मंसिर १० देखि १२ को पार्टीको महाधिवेशनमा जुटन पनि सम्पूर्ण नेता कार्यकर्तालाई अपिल गरे ।

प्रतिक्रिया