महंगो भाडा असुल गर्ने सवारीलाई कारबाही
मेरोन्यूज
२०७८ कार्तिक ७ गते ७:३६

वीरगञ्ज । चाडपर्वको मौका छोपी सार्वजनिक सवारीमा यात्रा गर्नेसँग महंगो भाडा असुल गर्ने १३ सवारीलाई प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले कारबाही गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार ती सवारीलाई कारबाही तथा ५० यात्रुबाट लिइएका बढी भाडा फिर्ता गराइएको कार्यालयका सूचना अधिकृत एवं प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा र महोत्तरीको संयुक्त पहलमा सुमो, हाइस र बस गरी १३ सार्वजनिक सवारीलाई कारबाही गरिएको जनाइएको छ । यसैबीच चाडपर्वलाई यस कार्यालय तथा मातहत कार्यालयबाट सवारी जाँच गर्दा मादक पदार्थ सेवन गरी चलाएका साना तथा ठूला गरी ५७ सवारीलाई कारबाही गरेको जनाएको छ । यसबाट ५७ हजार ५०० राजश्व संकलन भएको जनाइएको छ । रासस
सम्बन्धित

















१६ वर्षमुनिका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउँदै इन्डोनेसिया
महोत्तरीका ४ वटै क्षेत्रमा रास्वपाको अग्रता
ताप्लेजुङमा कांग्रेसका तुम्याहाङको अग्रता
सर्लाही ४ : अमरेशले बढाए मतान्तर, पछ्याउदै गगन
सुर्खेत–१ मा कांग्रेसका खड्काको अग्रता कायमै
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
सीमामा पाँचौँ दिनको युद्ध, ६७ अफगानी सुरक्षाकर्मी मारिएको पाकिस्तानको दाबी
प्रतिक्रिया