स्वास्थ्य सेवा प्रवाह : दुर्गमले उछिन्यो सुगमलाई

जाजरकोट । दुर्गम क्षेत्रकोे बारेकोट गाउँपालिकाले स्वास्थ्य सेवा प्रवाहमा अन्य पालिकालाई उछिनेको छ । स्वास्थ्य सेवा कार्यालयले स्वास्थ्य सेवा प्रवाहलाई आधार बनाई गरेका समीक्षामा अन्य सात पालिकालाई उछिन्दै बारेकोट एक नम्बरमा आएकोे जनाएको छ । अघिल्लो आर्थिक वर्षमा बारेकोट पहिलो नै भएको थियो ।
स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने दर, पोषणलगायतका ४३ सूचकलाई आधार बनाई गरिएका समीक्षामा बारेकोटले १०० मा ६१.९२ अंक ल्याएर प्रथम भएको हो । त्यस्तै भेरी र नलगाड नगरपालिका क्रमशः दोस्रो र तेस्रोे भएको कार्यालयले जनाएको छ ।
यसैगरी छेडागाड नगरपालिका ४९.६०, कुशे ५४.६१, शिवालय ४८.२६ र जुनिचाँदे गाउँपालिकाले ४२.१७ अंक प्राप्त गरेका थिए ।
भर्खरै मात्र सडक सञ्जालसँग जोडिएको बारेकोटका सबै ठाउँमा सडक पुगेको छैन ।
पछिल्लो समय जिल्लामा स्वास्थ्य संस्थामा सुत्केरी हुने दर बढेको छ । बढ्दो जनचेतनाका साथै गाउँगाउँमा स्वास्थ्य संस्था स्थापना भएपछि सुरक्षित सुत्केरी हुनेको दर बढेको जनाइएको छ । घरमै सुत्केरी हुँदा समस्या आउनेबित्तिकै धामी, झाँक्रीको सहारा लिने स्थानीयवासी अहिले स्वास्थ्यकर्मीको सम्पर्कमा जाने गरेको बारेकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख वीरराज सिंहले जानकारी दिए ।
स्वास्थ्य संस्थामा आएर सुरक्षित सुत्केरी भए यातायात खर्चका साथै न्यानो झोला, स्वास्थ्य सामग्रीसमेत उपलब्ध गराउन थालेपछि झन् महत्व बढेको हो ।
उनका अनुसार स्वास्थ्य सस्थामा नियमित गर्भजाँच गर्नेको सङ्ख्यासमेत बढेको छ । नलगाड, छेडागाड र शिवालय गाउँपालिकाले एम्बुलेन्स खरिद गरेर सेवा प्रवाह गरिरहेका छन् । अधिकांश गाउँमा कच्ची सडकको ट्रयाक खुलेसँगै स्वास्थ्य सेवा पाउन सहजता आएको जनाइएको छ । रासस









आकर्षक छुट र सुविधासहित यामाहा नेपालद्वारा ‘यामाहा ब्लू क्याम्प’ घोषणा
‘जेरी अन टप’ले मनायो ५१औँ दिन, अहिलेसम्मको कमाइ कति ?
गृहमन्त्री अर्यालद्वारा निर्माणाधीन संसद् भवनको निरीक्षण
PM Karki seeks former President Bhandari’s support on election bid
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
प्रतिक्रिया