दार्चुला काँग्रेस सभापतिमा बोहरा र धामी प्रमुख दाबेदार

कैलाली । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत दार्चुलामा जिल्ला अधिवेशन हुन बाँकी छ । पालिकास्तरको अधिवेशन भइसकेपनि क्षेत्र र जिल्लाको अधिवेशन भने हुन बाँकी छ । जिल्ला सभापतिका लागि दुई जना आकांक्षी देखिएका छन् ।
बर्तमान सभापति ललितसिंह बोहरा र अर्का शैल्यशिखर नगरपालिका नगरप्रमुख अमरसिंह धामी आकांक्षी छन् । सभापति बोहरा पौडेल पक्ष हुन् भने धामी देउवा पक्षका हुन् ।
‘क्षेत्रको र जिल्लाको महाअधिवेशन तिहारपछि निर्वाचन अधिकृतसंग बसेर सल्लाह गर्ने तयारीमा छौं,’ नेपाली काँग्रेस दार्चुलाका पार्टी सभापति बोहराले भने । उनले एउटा टिम आफनो र दुई तीन जना अरु पनि आकांक्षी रहेको बताए ।
‘शैल्यशिखर नगरपालिकाका मेयरले पनि सभापतिका लागि घोषणा गरेका छन्, ‘उनले भने, को हुन्छ थाहा छैन ।’ शैल्यशिखर नगरपालिका नगरप्रमुख धामीले जिल्ला सभापतिको आकांक्षी रहेको बताए । ‘सभापतिमा लडने तयारी छ,’ उनले भने ।
पार्टीको विधान अनुसार एक सभापतिसहित दुई जना उपसभापति, दुई जना सचिव, दुई जना सहसचिव र एक जना कोषाध्यक्ष रहने व्यवस्था छ । प्रदेश र जिल्लामा देउवा पक्ष भन्दा पौडेल पक्ष बलियो देखिएको छ ।
















कोहलपुरमा अतिक्रमित जग्गा खाली गर्न सुरु
कांग्रेस-एमालेबाहेक प्रदेशमा अर्को सरकार बन्दैन : गगन थापा
पूर्वकर्मचारीको अनुभवले संस्थागत क्षमता थप सुदृढ हुन्छः महानिरीक्षक पौडेल
विधिद्वारा स्थापित पद्धति र परम्परा पालनामा हुनुपर्छ: राष्ट्रपति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया