लेखकले बाढीपीडितलाई भेटे, बाँध निर्माणको पहल गर्ने प्रतिवद्धता

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पूर्व मन्त्री रमेश लेखकले कञ्चनपुर बाढीपीडितहरुसँग भेटघाट र छलफल गरेका छन् ।
उनी आइतबार दोधरा चाादनीको वडा नम्बर ८,९,१० का बाढीपीडितहरुको भेटघाट र छलफल गरेका हुन् । उनले बाढी पीडितहरुको लागि तत्काल राहतको लागि सरकार र विभिन्न संघ संस्थाहरुसँग पहल गर्ने र दीर्घकालीन रुपमा महाकालीमा बाँध निर्माण भएको ठाउँमा बाँधको उचाई बढाउने र कुतियाकभरमा बाँध निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।
नेता लेखकलाई बाढीका कारण करोडौको धानबाली नष्ट भएको र सयौ जना घरबारबिहिन भएको राहत, पुनस्र्थापना र दीर्घकालीन रुपमा बस्ती जोगाउन पहल गरिदिन पीडितहरुले आग्रह गरे ।
नेता लेखकले आफू सधैं यस क्षेत्रको विकासको लागि तत्पर रहेको र बाढीपीडितका समस्या समाधानका लागि कुनै कसुर बाँकी नराख्ने बताए ।
हाल दोधरा चाँदनी नगरपालिकाका करीब ३ सय परिवार सरकारी स्कुलमा बसिराखेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा समेतको टोलीले कार्तिक ४ गते बाढीपीडित क्षेत्रको अवलोकन गरेका थिए ।
कञ्चनपुर जिल्लाको दोधरा–चादनी र भीम दत्त नगरपालिकाका विभिन्न ठाउँमा ठूलो जनधनको क्षति पुर्याएको थियो ।

















Dhading bus accident: Manandhar trapped in bus carcass rescued alive after five hours
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
सेयर बजारमा सामान्य सुधार
धनुषामा सवारी दुर्घटनामा परी ट्राफिक प्रहरीको मृत्यु
विमानस्थलबाट १३ लाखका मोबाइल, ल्यापटपसहित एक जना पक्राउ
कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
रुसको बैकाल तालकाे हिउँमा बस डुब्दा सात चिनियाँ पर्यटकको मृत्यु
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
प्रतिक्रिया