प्रधानन्यायाधीश जबरालाई मार्ग प्रशस्त गर्न आग्रह गर्ने न्यायाधीशहरुको निर्णय

काठमाडौँ । सर्वौच्च अदालतका न्यायाधिशहरुको बसेको बैठक सकिएको छ । सोमबार बसेको न्यायाधिशको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मार्ग प्रशस्त गर्नका लागि आग्रह गर्ने निर्णय गरेको हो ।
सर्वोच्चका एकक न्यायाधिशका अनुसार भोलि ११ः३० बजे प्रधानन्यायाधीश जबरालाई भेटेर राजीनामा दिन सुझाव दिने निर्णय भएको छ । प्रधानन्यायाधीशलाई न्यायपालिका र उनकाबारे उठेका प्रश्नहरु सोध्ने र प्रधानन्यायाधीशको प्रतिक्रिया हेरेर थप कदम चाल्ने निर्णय भएको ती न्यायाधिशले बताए । यस्तै प्रधानन्यायाधीश जबराले बोलाएको फुटकोर्ट बैठक प्रभावित भएको छ ।
न्यायाधीशहरुको संयुक्त बैठकका कारणले फुटकोर्ट बैठक प्रभावित भएको हो । यस्तै आज सर्वोच्च अदालतको इजलास पनि प्रभावित भएको छ । प्रधानन्यायाधीशमाथि उठेका नैतिक प्रश्न उठेको भन्दै सर्वोच्चका १४ न्यायाधिशले प्रधानन्यायाधीश जबराविरुद्ध मोर्चाबँदी बनाएका छन् ।
न्यायाधीशहरूको बैठकमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा सहभागी भएका थिए । नहकुल सुवेदी भने अस्वस्थका कारण बैठकमा उनुपस्थित भएको बताइएको छ ।

















खोटाङ हेलिकप्टर दुर्घटना : पाइलटसहित ६ जना घाइते
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’
नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा
सलमानका पिता सलिम एक महिनापछि अस्पतालबाट डिस्चार्ज
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
प्रतिक्रिया