सीके राउतले थाले मधेसमा आन्दोलन

जनकपुरधाम । स्वतन्त्र मधेस आन्दोलनको अभियान चलाएर चर्चामा आएका डा. सीके राउतले मधेसमा पुनः आन्दोलन थालेका छन् ।
डा. राउत नेतृत्वको जनमत पार्टीले सोमबारदेखि मधेसका जिल्लाहरुमा आन्दोलन शुरु गरेको छ । धनुषाको जनकपुरधारमा खानेपानी इन्जिनियरलाई भ्रष्टाचार अभियोगमा जनकारबाही गरेपछि आफ्ना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो ।
भ्रष्टाचार र बेतिथिविरुद्ध नै पहिलो चरणको आन्दोलन गरिने राउत नेतृत्वको जनमत पार्टीले जनाएको छ ।
आन्दोलनस्वरुप पहिलो दिन आज मधेसका जिल्ला सदरमुकामहरुमा सिठ्ठी जुलुस निकालेको छ ।

मंगलबार मधेसका जिल्लाका सबै पालिकामा मोटरसाइकल ¥याली तथा कात्तिक १० गते वडा वडाका कोणसभा र मशालजुलुस प्रदर्शन गर्ने सो पार्टीले जनाएको छ ।
यस्तै, उनीहरुले आन्दोलनका कार्यक्रमअन्तर्गत कात्तिक ११ गते वडामा युवा दस्ता प्रशिक्षण र कात्तिक १२ गते जिल्ला सदरमुकाममा मसाल जुलुसको कार्यक्रम तय गरेका छन् ।









हेमजा साहित्य महोत्सव सम्पन्न
सुनचाँदीको मूल्य घट्यो, तोलामा कति पुग्यो ?
एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद
तरकीकाे मूल्य : आज गोलभेँडा प्रतिकिलो रु १००,गाजर रु १२५
दार्चुलामा भूकम्पकाे धक्का
एमाले महाधिवेशनमा विद्युतीय भोटिङ हुने
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
प्रतिक्रिया