दुई वर्षपछि काठमाडौंमा मेला लाग्यो

काठमाडौं । कोरोना संक्रमण फैलिएपछि झण्डै दुई वर्षदेखि मेला महोत्सवहरु हुन नसकिरहेकाबेला सोमबारबाट काठमाडौंमा हस्तकला कोसेली मेला सुरु भएको छ ।
नेपाल हस्तकला महासंघ र भाटभटेनीको संयुक्त आयोजनामा आजबाट नक्सालको भाटभटेनीमा हस्तकला कोसेली मेला सुरु भएको हो । मेला कात्तिक १६ गतेसम्म सञ्चालन हुने छ ।

सोमवारदेखि १० गतेसम्म काठमाडौंको नक्सालमा सञ्चालन हुनेछ भने कात्तिक ११ देखि १३ गतेसम्म भक्तपुरको ठिमी र १४ गतेदेखि १६ गते ललितपुरको कृष्णगल्लीमा रहेको भाटभटेनी स्टोरमा सञ्चालन हुने मेलाका संयोजक विक्रमसिंह महर्जनले जानकारी दिए ।
२५ वटा स्टल रहने मेलाको मुख्य उद्देश्य हस्तकला सामाग्रीको आन्तरिक बजारमा विस्तार एवं प्रवर्धन रहेको महर्जनले बताए ।
कोरोना भाइरसका कारण थला परेको हस्तकला क्षेत्र विस्तारै चलायमान बनाउँदै लैजान मेलाले सहयोग पुग्ने आयोजकको विश्वास छ ।









अण्डाको मूल्य हालसम्मकै उच्च
झापामा तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु
माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना : ३० प्रतिशत भौतिक प्रगति
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
‘करेन्ट नुडल्स’ अब ग्रिन इनर्जीबाट बनाइने : यशोदा फुड्स
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा, ३ वटा टोली प्लेअफ होडबाट बाहिर
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
प्रतिक्रिया