दलितलाई भेदभावरहित ‘हेल्प डेस्क’ स्थापना गर्न मन्त्रालयको सर्कुलर

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनपछि दलित अधिकारको सुनिश्चितता हुनेगरी ‘हेल्प डेस्क’ स्थापना गर्न मन्त्रालयले सर्कुलर गरेको छ ।
गृह मन्त्रालयले मन्त्रालय मातहतका निकायबाट प्रदान गरिने सेवामा दलित समुदायको सर्वसुलभ पहुँच र स–सम्मान सेवा प्राप्त गर्ने अधिकारको सुनिश्चितता हुनेगरी ‘हेल्प डेस्क’ स्थापना गर्न निर्देशन दिएको हो ।
गृहमन्त्री खाँणको निर्देशनपछि मन्त्रालयको स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखाले सबै जिल्ला प्रशासन कार्यालयलाई सिधै र नेपाल प्रहरीका मुलुकभरका सबै निकायलाई प्रहरी प्रधान कार्यालय नक्सालमार्फत् मन्त्रालय मातहतका निकायबाट प्रदान गरिने सेवामा दलित समुदायको सर्वसुलभ पहुँच र स–सम्मान सेवा प्राप्त गर्ने अधिकारको सुनिश्चितता हुनेगरी ‘हेल्प डेस्क’ स्थापना गर्न निर्देशन दिएको हो ।
मन्त्री खाँणले सोमवार मातहतका निकायलाई बिहान निर्देशन दिएका थिए । मन्त्रीको निर्देशनपछि दिउँसो दिउँसो शाखाले निर्देशन दिएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।
‘मानवता विरोधी भेदभावजन्य कार्य जातीय तथा अन्य छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८ बमोजिम दण्डनीय हुने भएकाले त्यस्ता कार्य गर्न गराउन नदिने साथै नेपालको संविधानको धारा २४ बाट निर्दिष्ट छुवाछुत तथा भेदभावविरुद्धको मौलिक हकको प्रभावकारी कार्यान्वयनको लागि थप क्रियाशीलताका लागि आदेशनुसार अनुरोध छ,’ शाखाका अधिकृत सन्तोष प्रधानद्वारा हस्ताक्षरित सर्कुलरमा उल्लेख छ ।
‘निर्देशन सम्बन्धमा’ शीर्षकमा पठाइएको सर्कुलरमा ‘प्रत्येक व्यक्तिको अधिकार र मानवीय मर्यादामा समान हुने सिद्धान्तलाई आत्मसाथ गर्दै प्रथा, परम्परा, धर्म सस्कृति, रीतिरिवाज, वा अन्य कुनै नाममा जात, जाती वंश, समुदाय पेसा वा व्यवसाय वा शारिरीक अवस्थाका आधारमा जातीय तथा अन्य सामाजिक छुवाछुत तथा भेदभाव नहुने अवस्था सृजना गरी प्रत्येक व्यक्तिको समानता, स्वतन्त्रता र सम्मानपूर्वक बाच्न पाउने अधिकारको संरक्षण गर्न,’ मातहतका निकायलाई भनिएको छ ।
















धादिङ दुर्घटनाका घाइतेको अवस्थाबारे गृहमन्त्रीले लिए जानकारी
सानिमा रिलायन्स लाइफको मिट द च्याम्पियन्स कार्यक्रम सम्पन्न, उत्कृष्ट सम्मानित
पर्सामा धार्मिक सद्भाव खलल पुर्याउनेलाई कानुनी दायरामा ल्याउने सहमति
UML in favour of peaceful politics, stability: Chair Oli
कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
रुसको बैकाल तालकाे हिउँमा बस डुब्दा सात चिनियाँ पर्यटकको मृत्यु
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
दाङमा एमालेको झण्डा जलाएको विरोधमा काठमाडौँमा मसाल जुलुस
प्रतिक्रिया