वायूसेवा निगमको कार्यकारी अध्यक्षमा अधिकारी नियुक्त
मेरोन्यूज
२०७८ कार्तिक ८ गते १९:११

काठमाडौं । सरकारले नेपाल वायूसेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सोमवार बसेको वैठकले अधिकारीलाई निगम अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि निगम अध्यक्ष रहेका सुशील घिमिरे राजीनामा दिएपछि सो पद रिक्त रहेको थियो ।
निगमका अध्यक्ष सुशील घिमिरेको राजीनामा स्वीकृतसँगै अधिकारीलाई कार्यकारी अध्यक्ष बनाउने मन्त्रिपरिषद्ले निर्णय गरेको सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
अधिकारीले केहीवर्षअघि निगमकै निर्देशक पदबाट अवकाश पाएका थिए ।
सम्बन्धित








आज २०८२ साल मंसिर २२ गते सोमबारको राशिफल
दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
प्रतिक्रिया