वायूसेवा निगमको कार्यकारी अध्यक्षमा अधिकारी नियुक्त
मेरोन्यूज
२०७८ कार्तिक ८ गते १९:११

काठमाडौं । सरकारले नेपाल वायूसेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सोमवार बसेको वैठकले अधिकारीलाई निगम अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि निगम अध्यक्ष रहेका सुशील घिमिरे राजीनामा दिएपछि सो पद रिक्त रहेको थियो ।
निगमका अध्यक्ष सुशील घिमिरेको राजीनामा स्वीकृतसँगै अधिकारीलाई कार्यकारी अध्यक्ष बनाउने मन्त्रिपरिषद्ले निर्णय गरेको सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
अधिकारीले केहीवर्षअघि निगमकै निर्देशक पदबाट अवकाश पाएका थिए ।
सम्बन्धित
















कोहलपुरमा अतिक्रमित जग्गा खाली गर्न सुरु
कांग्रेस-एमालेबाहेक प्रदेशमा अर्को सरकार बन्दैन : गगन थापा
पूर्वकर्मचारीको अनुभवले संस्थागत क्षमता थप सुदृढ हुन्छः महानिरीक्षक पौडेल
विधिद्वारा स्थापित पद्धति र परम्परा पालनामा हुनुपर्छ: राष्ट्रपति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया