मन्त्रिपरिषद्को निर्णय
धानबालीको क्षति अध्ययन गर्न सरकारले कार्यदल बनायो

काठमााडौं । बेमौसमी वर्षाले पु¥याएको धानबालीको क्षतिबारे अध्ययन गर्न सरकारले कार्यदल बनाएको छ ।
मन्त्रिपरिषदको सोमवार बसेको बैठकले गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा अध्ययन कार्यदल बनाएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
गृह मन्त्रालयका सचिवको संयोजकत्वमा गठित कार्यदलमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, संघीय मामिला तथा सामान्य प्रशासनका सचिव र राष्ट्रिय योजना आयोगका सचिव सदस्य रहेको कार्यदल गठन गर्ने मन्त्रिपरिषदले निर्णय गरेको उनले जानकारी दिए ।
उक्त कार्यदललाई तीन दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ ।
बेमौसमी वर्षाका कारण प्रदेश १, लुम्बिनी प्रदेश, सुदूरपश्चिममा धानबालीमा ठूलो क्षति पुगेको छ ।
प्रहरीको रासन १५ प्रतिशत वृद्धि
सरकारले प्रहरीको रासनको दररेटमा १५ प्रतिशत वृद्धि गर्ने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनको दररेट १५ प्रतिशतले बढाएर उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार कार्कीले जानकारी दिए ।
त्यसैगरी, सरकारले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा डा. रविन्द्र घिमिरेलाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषद् वैठकमा कम्पनीको सदस्यमा भने मदन पोखरेललाई नियुक्त गरेको छ ।
यस्तै, बैठकले कोभिड–१९ को महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई नगद हस्तान्तरण कार्यविधि, २०७८ पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।
यो पनि,
वायूसेवा निगमको कार्यकारी अध्यक्षमा अधिकारी नियुक्त

















काठमाडौँका १० वटै क्षेत्रमा रास्वपाको क्लिनस्वीप
काठमाडौँ–४ मा रास्वपाका बम निर्वाचित
चितवन–२ मा रास्वपा सभापति लामिछाने विजयी
म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन विजयी
रुकुम पश्चिममा जनार्दन शर्मा २ हजार मतले पछि
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
नगदसहित सिरहा क्षेत्र नं. ३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ
बाख्रामा ‘पिपीआर’ रोगको सङ्क्रमण पुष्टि
प्रतिक्रिया