अधिकांश देशको विनिमय दरमा वृद्धि

काठमाडौँ । साताको तेश्रो दिन मंगलबार अमेरिकी डलर लगायतक केही देशको विनिमयदर वृद्धि भएको छ । अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ८३ पैसा छ भने बिक्रिदर १२० रुपैयाँ ४३ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
केन्द्रीय बैंंकका अनुसार युरोपियन युरोको खरिददर १३९ रुपैयाँ ३० पैसा बिक्रिदर १४० रुपैयाँ छ । यस्तै युके पाउण्ड स्ट्रलिङ १ को खरिददर १६५ रुपैयाँ ३ पैसा छ भने बिक्रिदर १६५ रुपैयाँ ८६ पैसा कायम छ । यसैगरी विनिमयदर महंगो हुनेमा अष्ट्रेलियन डलर समेत रहेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ७७ पैसा छ भने बिक्रिदर ९० रुपैयाँ २२ पैसा छ ।
क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ ९९ पैसा, बिक्रिदर ९७ रुपैयाँ ४८ पैसा कायम भएर वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै वृद्धि हुनेमा सिंगापुर डलर १ को खरिददर ८९ रुपैयाँ २ पैसा छ भने बिक्रिदर ८९ रुपैयाँ ४७ पैसा रहेको छ । जापानिज यन १० को खरिददर १० रुपैयाँ ५४ पैसा, बिक्रिदर १० रुपैयाँ ५९ पैसा छ । चाइनिज युयन १ को खरिददर १८ रुपैयाँ ७६ पैसा छ भने बिक्रिदर १८ रुपैयाँ ८६ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ ।
यसैगरी साउदी अरबियन रियाल १ को खरिददर ३१ रुपैयाँ ८७ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ३ पैसा रहेको छ । कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ८३ पैसा, बिक्रिदर ३३ रुपैयाँ छ । संयुक्त अरब इमिरेट्स युएई दिराम १ को खरिददर ३१ रुपैयाँ ९५ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ११ पैसा रहेको छ ।
मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ ८६ पैसा, बिक्रिदर २९ रुपैयाँ १ पैसा कायम भएको केन्द्रीय बैंकको तत्थ्यांकमा उल्लेख छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २४ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ३० पैसा कायम भएको छ ।









नेपालमै पहिलो हरियाली अग्रसर दिगोपना उन्मुख ‘करेन्ट नुडल्स’, यशोदा फुड्सले गर्यो सोलार प्रणाली जडान
बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण
लुम्बिनी प्रदेशमा झण्डै १३ हजार छाडा चौपाय: सर्वेक्षण
नागढुङ्गा–मलेखु सडक खण्ड एक साताको लागि आंशिक बन्द हुने
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा, ३ वटा टोली प्लेअफ होडबाट बाहिर
प्रतिक्रिया