अधिकांश देशको विनिमय दरमा वृद्धि

काठमाडौँ । साताको तेश्रो दिन मंगलबार अमेरिकी डलर लगायतक केही देशको विनिमयदर वृद्धि भएको छ । अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ८३ पैसा छ भने बिक्रिदर १२० रुपैयाँ ४३ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
केन्द्रीय बैंंकका अनुसार युरोपियन युरोको खरिददर १३९ रुपैयाँ ३० पैसा बिक्रिदर १४० रुपैयाँ छ । यस्तै युके पाउण्ड स्ट्रलिङ १ को खरिददर १६५ रुपैयाँ ३ पैसा छ भने बिक्रिदर १६५ रुपैयाँ ८६ पैसा कायम छ । यसैगरी विनिमयदर महंगो हुनेमा अष्ट्रेलियन डलर समेत रहेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ७७ पैसा छ भने बिक्रिदर ९० रुपैयाँ २२ पैसा छ ।
क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ ९९ पैसा, बिक्रिदर ९७ रुपैयाँ ४८ पैसा कायम भएर वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै वृद्धि हुनेमा सिंगापुर डलर १ को खरिददर ८९ रुपैयाँ २ पैसा छ भने बिक्रिदर ८९ रुपैयाँ ४७ पैसा रहेको छ । जापानिज यन १० को खरिददर १० रुपैयाँ ५४ पैसा, बिक्रिदर १० रुपैयाँ ५९ पैसा छ । चाइनिज युयन १ को खरिददर १८ रुपैयाँ ७६ पैसा छ भने बिक्रिदर १८ रुपैयाँ ८६ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ ।
यसैगरी साउदी अरबियन रियाल १ को खरिददर ३१ रुपैयाँ ८७ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ३ पैसा रहेको छ । कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ८३ पैसा, बिक्रिदर ३३ रुपैयाँ छ । संयुक्त अरब इमिरेट्स युएई दिराम १ को खरिददर ३१ रुपैयाँ ९५ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ११ पैसा रहेको छ ।
मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ ८६ पैसा, बिक्रिदर २९ रुपैयाँ १ पैसा कायम भएको केन्द्रीय बैंकको तत्थ्यांकमा उल्लेख छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २४ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ३० पैसा कायम भएको छ ।

















जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
देशभर भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १५ जनाको मृत्यु
हतियारसहित भक्तपुरमा एक जना पक्राउ
चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
किमद्वारा छोरीलाइ राइफल उपहार, छोरी फेरि केन्द्रमा
प्रतिक्रिया