आजको राशिफल : कार्तिक १० गते बुधबार

आज २०७८ साल कार्तिक महिनाको १० गते मंगलबार, कार्तिक कृष्णपक्षको षष्ठी तिथि उप्रान्त सप्तमी तिथि रहेको छ ।
मेष
दृढतामा कमि आउने छ । आफैले गरेका काम प्रति पनि मनमा शंका जन्मने छ । पेशागत जीवन औसत खालको हुने छ । मनमा उदासिनताको क्रम निरन्तर रहने छ ।
वृष
नरम खालको व्यक्तित्व हुने छ । रोग व्याधिहरुले पेल्ने हुँदा सतर्क रहनु होला । व्यक्तित्वमा कमि आउँदा अरुले कमजोर आँकलन गर्ने छन् । पेशागत जीवनमा सकारात्मकता कायम रहने छ ।
मिथुन
आवश्यकता भन्दा निकै बढि कडाखालको स्वाभाव हुने छ । अरुलाई च्वास्स च्वास्स भन्ने बानीले गर्दा शत्रु बढ्ने छन् । पारीवारिक तनावले सताउने छ । पेशागत जीवनमा पनि गिरावटको सामना गर्नु पर्ने छ । बोलीको प्रभावमा गिरावट आउने भएकाले कामहरु बिग्रने छन् ।
कर्कट
मिष्ठान्न भोजन गर्न पाइने छ । तामसी चिजहरुमा पनि मन जाने हुँदा कुलतको खतरा देखिन्छ । पेशागत जीवन सन्तुलित रहने छ । तर बोली कडा हुने हुँदा हाकिमसँग वा बोससँग सम्बन्धमा चिसोपना आउने छ ।
सिंह
धेरै जोखिमपूर्ण भन्दा निरन्तरतालाई अघि बढाउनु नै उचित हुने देखिन्छ । संयमित रहनु पर्ने समय रहेको छ । प्रशासनीय निकायबाट दुःख झेल्नु पर्ने छ । न्याय क्षेत्रमा रहेकाहरुलाई उल्झन व्योहर्नु पर्ने छ ।
कन्या
घरमा प्रेमले भरिएको वातावरण हुने छ । समय अनुकुल रहेकाले कामहरु फटाफट अघि बढ्ने छ । अध्ययन अध्यापनमा प्रगति हुने छ । प्रतिष्पर्धात्मक क्षमतामा सुधार आउने छ । कार्यालयमा सुमधुर सम्बन्धको संकेतहरु देखा पर्ने छन् ।
तुला
बोलीको प्रभावमा गिरावट देखिने छ । परिवारको साथले भने केही राहत मिल्ने छ । मुद्धा मामिलामा फस्ने समय सक्रिय छ । विचार गरेर मात्र पाइला चाल्नु पर्ने समय अझै सक्रिय रहेको छ । पेशागत जीवनमा निकै धैर्य रहनु होला ।
वृश्चिक
बोद्धिकस्तरको व्यक्तित्व हुने छ । पेशागत जीवन औसत खालको हुने छ भने साझेदारीमा गरिएका कामहरुका भने बिबाद देखा पर्ने छ । कमाईमा सुधार आउने छ । गढेर बसेको धन फिर्ता हुने वातावरण बन्ने छ । परिवारमा मिलन हुनेछ ।
धनु
पेशागत जीवनमा समस्या आउन हुँदा सचेत रहनु नै उचित हुने छ । दुविधात्मक व्यक्तित्व हुँदा अन्योलता रहने छ । धार्मिक कार्यमा मन जाने छ । भाग्यको साथ नरहेकाले बन्न खाजेका कामहरुमा उल्झन आउने छन् । आम्दानीमा भने सन्तोष मिल्ने छ ।
मकर
रोग प्रतिरोधात्मक क्षमतामा गिरावट आउने हुँदा रोग व्याधीको जोखिम देखिन्छ । शरीर कमजोर बन्ने छ । पेशागत जीवनमा धैर्य हुनु होस् । बोलीमा रुखोपना आउने हुँदा झैझगडाको सामना गर्नु पर्ने छ । परिवारमा तनावपूर्ण वातावरण आउने छ ।
कुम्भ
परिवारमा प्रभाव बढ्ने छ । धार्मिक आध्यात्मिक क्षेत्रमा आवद्धहरुलाई कदर मिल्ने तथा प्रभाव बढ्ने छ । बोलीमा सुधार आउँदा अरुको विश्वास आर्जन गर्न सकिने छ । पेशागत जीवनको प्रभावकारीतामा बृद्धि हुनेछ । आर्थिक क्षेत्रमा आश्वस्तता उत्पन्न हुने छ ।
मीन
मनमा भविष्य प्रतिको चिन्ताले पिरोल्ने छ । समय औसत खालको रहेको छ । पेशागत जीवनमा केही सुधार आउँदा आर्थिक क्षेत्रमा भने मनोबल बढ्ने छ । सामाजिक सम्बन्धहरुमा नकारात्मक प्रभाव देखा पर्न जाँदा भए गरेको मान सम्मानमा कमि आउने छ ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८















रोशीमा बाढी आउँदा बिपी राजमार्ग बन्द
घुस लिएको आरोपमा सई दिनेश राउतविरुद्ध मुद्दा दायर
तेह्रथुममा नौ दिनदेखि हराइरहेकी महिला मृत फेला
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया