सुनको मूल्यमा गिरावट
मेरोन्यूज
२०७८ कार्तिक १० गते १२:१९

काठमाडौँ । नेपाली बजारमा दसैँपछि लगातार बढेको सुनको मूल्य बुधबार प्रतितोला ६०० ले घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार तोकिएको छ । अन्तराष्ट्रिय बजारमा सुनको मुल्य बढेपछि नेपाली बजारमा पनि बढेको थियो ।
सुन प्रतितोला ९२ हजार ६०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ५०० रहने छ जसको मूल्य मंगलबार प्रतितोला ९२ हजार १०० तोकिएको थियो ।
महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १५ ले घटेर एक हजार २५० कायम भएको छ । चाँदी मंगलबार प्रतितोला एक हजार २६५ मा कारोबार भएको थियो ।
सम्बन्धित















आज लाग्दैछ दुर्लभ प्रकारको खण्डग्रास चन्द्रग्रहण
सुदूरपश्चिममा निर्वाचनको तयारी पूरा
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
प्रतिक्रिया