नेपाल टेलिकमको ‘कर्पोरेट युजर ग्रुप’ फिचर

काठमाडौँ । नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप–सीयूजी सेवामा आबद्ध हुने ग्राहकहरुको संख्यामा वृद्धि हुने क्रम जारी छ । कुनै संस्था/कार्यालयमा आबद्ध न्यनतम दशजना मोबाइल प्रयोगकर्तालाई सीयूजी समूहमा आबद्ध गराउन यो सुविधा ल्याईएको नेपाल टेलिकमले जनाएको छ ।
सीयूजी सेवामा आबद्ध सदस्यहरुबीच निःशुल्क रुपमा अनलिमिटेड भ्वाइस कल गर्न, सस्तो दरमा डाटा चलाउन र एसएमएस पठाउन सकिन्छ भने सीयूजीमा आबद्ध नभएका नेपाल टेलिकमको नेटवर्क भित्रका अन्य नम्बरमा कुराकानी गर्न सकिने सेवा हो ।
कर्पोरेट गु्रपमा आबद्ध सदस्यहरुको आवश्यकतालाई दृष्टिगत गरी २०० रुपैयाँ, ५००, १००० र १५०० रुपैयाँ दरका विभिन्न सीयूजी प्याकेजहरु उपलब्ध गराउने टेलिकमको सेवा छ ।
कम्पनीले उपलब्ध गराईरहेको यस सेवामा प्रिपेड मोबाइलका ग्राहकले २०० रुपैयाँको प्याकेज अन्तर्गत यो पहिलेदेखि नै उपलब्ध अनलिमिटेड कल बाहेक १०० मिनेट अन नेट (नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सकिने) र १० मिनेट अफ नेट (अन्य नेटवर्कमा समेत प्रयोग गर्न सकिने) भ्वाइस सुविधा तथा ५० वटा अन नेट एसएमएस सुविधाका साथै जुनसुकै समयमा प्रयोग गर्न सकिने १ जीबी डाटा सुविधासमेत थप उपलब्ध गरिएको छ ।
त्यस्तै पोस्टपेड मोबाइलका ग्राहकले ५०० रुपैयाँको प्याकेज लिएमा पहिलेदेखि नै उपलब्ध समूहभित्रको अनलिमिटेड कलका साथै ५०० मिनेट अन नेट र ५० मिनेट अफ नेट भ्वाइस सुविधा तथा १०० वटा अन नेट एसएमएस र ३० वटा अफ नेट एसएमएस सुविधाका साथै जुनसुकै समय प्रयोग गर्न सकिने ५ जीबी डाटा सुविधासमेत उपलब्ध गराएको टेलिकमले जनाएको छ ।
यी दुई बाहेक पोस्टपेड मोबाइलका ग्राहकले १,००० र १,५०० रुपैयाँका अन्य प्याकेज समेत प्रयोग गर्न सक्दछन् । १,००० रुपैयाँको प्याकेज अन्तर्गत सीयूजी गु्रपभन्दा बाहिर कम्पनीकै नेटवर्कमा बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म अनलिमिटेड कल वा मासिक जम्मा १००० मिनेट कल गर्न सकिन्छ भने अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिन्छ । साथै यस प्याकेजमा १० जीबी डाटा चलाउन र २०० वटा एसएमएस पठाउन सकिन्छ ।
यसैगरी १५०० रुपैयाँको प्याकेज अन्तर्गत सीयूजी ग्रुपभन्दा बाहिर कम्पनीकै नेटवर्कमा बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म अनलिमिटेड कल गर्ने सुविधा वा मासिक जम्मा १५०० मिनेट कल गर्न सकिने सेवा लिन सकिन्छ ।
यस प्याकेजमा अन्य नेटवर्कमा २०० मिनेट कलका अतिरिक्त २० जीबी डाटा चलाउन र ४०० वटा एसएमएस पठाउन सकिन्छ । कुनै संस्था÷कार्यालयले ग्रुपमा सहभागी गराउनु पर्ने मोबाइल नम्बर र प्राप्त गर्न चाहेको प्याकज उल्लेख गरिएको पत्रसहित कम्पनीको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुपर्छ ।
न्यूनतम १० जना प्रिपेड÷पोष्टपेड मोबाइल प्रयोगकर्ता समेटी आधिकारिक रुपमा कम्पनीलाई जानकारी गराएपछि तोकिएका ग्राहकलाई सीयूजी प्याकेज उपलब्ध गराइने कम्पनीको दाबी छ ।

















देशभर भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १५ जनाको मृत्यु
हतियारसहित भक्तपुरमा एक जना पक्राउ
चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
Election preparations over in Sudurpaschim Province
फिलिपिन्समा हेलिकप्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
किमद्वारा छोरीलाइ राइफल उपहार, छोरी फेरि केन्द्रमा
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
प्रतिक्रिया