एप्पलको विज्ञापन रोक्ने फिचरले फेसबुकलाई बेफाइदा

काठमाडौँ । एप्पल कम्पनीले हालै सार्वजनिक गरेको अपरेटिङ सिस्टम आईओएस १४ मा रहेको विज्ञापन रोक्ने फिचरले फेसबुकलाई निकै बेफाइदा भएको छ ।
आईओएस १४ मा ल्याइएको यो फिचरका कारण फेसबुक तथा एप्पिलबीच खिंचातानी बढ्दै गएको छ । फेसबुकले यो नयाँ अपडेटबाट उसको प्लेटफर्ममा गरिने विज्ञापनहरु नराम्ररी प्रभावित भएको आरोप एप्पलमाथि लगाएको छ ।
फेसबुकले आफ्नो प्लेटफर्ममा पिक्सेल टूलको सहायताले यूजरका ब्राउजिङ हिस्ट्री, सर्च गरिएका प्रोडक्ट आदिको हिसाबबाट लक्षित वर्गलाई विज्ञापन देखाउने गर्छ ।
यसबाट विज्ञापन मार्फत् सामग्री बेच्नेहरु तथा विज्ञापन राखेर शुल्क लिने फेसबुक दुवैलाई बेफाइदा भएको बुझिएको दी इकोनोमिक टाइम्सले जनाएको छ ।
यसैबीच एप्पलका संस्थापक टिम कुकले आईओएस १४ मा आइडेन्टिफायर फर एडभर्टाइजर (आईडीएफए) फिचर अपडेट गरिएको बताएका छन् ।
यसैबीच फेसबुक परफर्मेन्स मार्केटर हारुन पलले कम्पनीको आम्दानीमा निरन्तर परिवर्तन आइरहेको टाइम्सले उल्लेख गरेको छ ।
चाडबाडको सिजनमा पनि फेसबुकको विज्ञापन व्यवसायमा लगातार कमी हुँदै गइरहेको दक्षिण एशियाका सूचना प्राविधिकहरुले जनाएका छन् । फेसबुकले छिट्टै पिक्सेलमा परिवर्तन ल्याउने योजना समेत बनाएको छ ।








पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने एकजना पक्राउ
मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल
अण्डाको मूल्य हालसम्मकै उच्च
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा, ३ वटा टोली प्लेअफ होडबाट बाहिर
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
प्रतिक्रिया