वागमती प्रदेशकी मुख्यमन्त्री शाक्यद्धारा राजीनामा
मेरोन्यूज
२०७८ कार्तिक १० गते १४:२५

काठमाडौं । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छिन् ।
प्रदेशसभा बैठकमा सम्बोधन गरेर त्यहीँबाट शाक्यले राजीनामाको घोषणा गरेकी हुन् ।
आजको बैठकमा मुख्यमन्त्री शाक्यले पेस गरेको विश्वासको मतको प्रस्तावमाथि मतदान हुने कार्यसूची थियो । तर, स्वतः अल्पमतमा परेकी शाक्यले पदबाट राजीनामा दिएकी हुन् । शाक्य भदौ २ गते मुख्यमन्त्री बनेकी थिइन् ।
१ सय ९ सदस्यीय प्रदेशसभामा एमाले विभाजन भएसँगै शाक्यले बहुमत गुमाएकी हुन्। उनको पक्षमा ४३ सांसद मात्र छन्।
शाक्यले असोज २४ गते विश्वासको मत लिनको लागि प्रदेश सभामा पेश गरेकी थिइन्।
सम्बन्धित

















वीरगञ्जमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
धादिङ दुर्घटनाका घाइतेको अवस्थाबारे गृहमन्त्रीले लिए जानकारी
सानिमा रिलायन्स लाइफको मिट द च्याम्पियन्स कार्यक्रम सम्पन्न, उत्कृष्ट सम्मानित
पर्सामा धार्मिक सद्भाव खलल पुर्याउनेलाई कानुनी दायरामा ल्याउने सहमति
कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
रुसको बैकाल तालकाे हिउँमा बस डुब्दा सात चिनियाँ पर्यटकको मृत्यु
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
दाङमा एमालेको झण्डा जलाएको विरोधमा काठमाडौँमा मसाल जुलुस
प्रतिक्रिया