नेता पाण्डे आज वागमती प्रदेशको मुख्यमन्त्री बन्दै, सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) वागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्दैछन् । नेता पाण्डे बिहीबार वागमती प्रदेशको तेस्रो मुख्यमन्त्री हुन लागेका हुन् ।
नेकपा एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य अल्पमतमा परेपछि राजीनामा दिएकी थिइन् । उनले बुधबार प्रदेशसभालाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएकी हुन् । शाक्यले राजीनामा दिएपछि पाण्डेले मुख्यमन्त्रीमा दाबी गरेका थिए ।
वागमती प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरे लगत्तै पाण्डेले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । पाण्डेले नयाँ सरकार गठनका लागि बहुमत प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
पाण्डेले गठबन्धनका दलहरु एकीकृत समाजवादी, नेकपा (माओवादी केन्द), नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालका ५९ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित बुधबार साँझ प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष दाबी पेस गरेका थिए । सोहीअनुसार प्रदेश प्रमुख शर्माले आज उनलाई मुख्यमन्त्रमिा नियुक्त गर्न थालेका छन् ।
पाण्डेले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्ने जनाइएको छ । पाण्डेले आजै सानो आकारको मन्त्रिपरिषद् पनि विस्तार गर्ने बताइएको छ । उनले माओवादी केन्द्र, कांग्रेस र जनता समाजवादी पार्टीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने बताइएको छ ।

















वीरगञ्जमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
धादिङ दुर्घटनाका घाइतेको अवस्थाबारे गृहमन्त्रीले लिए जानकारी
सानिमा रिलायन्स लाइफको मिट द च्याम्पियन्स कार्यक्रम सम्पन्न, उत्कृष्ट सम्मानित
पर्सामा धार्मिक सद्भाव खलल पुर्याउनेलाई कानुनी दायरामा ल्याउने सहमति
कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
रुसको बैकाल तालकाे हिउँमा बस डुब्दा सात चिनियाँ पर्यटकको मृत्यु
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
दाङमा एमालेको झण्डा जलाएको विरोधमा काठमाडौँमा मसाल जुलुस
प्रतिक्रिया