स्पेनको एक्त्रेमादुराकी सभामुखले गरिन् पाटन दरबार क्षेत्रको अवलोकन
मेरोन्यूज
२०७८ कार्तिक ११ गते १५:५३

काठमाडौँ । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा नेपाल आएका स्पेनको एक्त्रेमादुरा प्रदेशकी सभामुख ब्लान्का मार्टिन डेल्गाडोको टोलीले पाटन दरबार क्षेत्रको अवलोकन गरेका छन् । सभामुख डेल्गाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल बिहीबार काठमाडौँ आइपुगेका थिए ।

६ दिनको भ्रमणमा आएको स्पेनी प्रतिनिधि मण्डलले नेपालमा रहँदा विभिन्न विशिष्ट व्यक्तित्वसँग भेटवार्ता गर्ने भएका छन् । साथै विभिन्न धार्मिक स्थलको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
उनीहरूले पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, स्वयम्भूनाथको अवलोकन गर्नुका साथै लुम्बिनीमा आयोजित कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।











सम्बन्धित









दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णाली विजयी
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
प्रतिक्रिया