ओलीसँग घनश्यामको माग : १० बुँदे जे भनेर गरिएको थियो, त्यसैगरी लागू गरियोस्

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टी एकताका लागि गरिएको १० बुँदे सहमति जस्ताको तस्तै कार्यान्वयन हुनु पर्ने दोहोर्याएका छन् । कोरोना भाइरस (कोभिड-१९) भएर आइसोलेशनमा बसिरहेका भुसालले आफ्ना प्रतिनिधिमार्फत अध्यक्ष केपी ओलीलाई लिखित धारणा पठाउँदै १० बुँदे सहमति जस्ताको तस्तै कार्यान्वयन हुनु पर्ने जिकिर गरेका हुन् ।
भुसालले ३ पेजमा आफ्नो धारणा अध्यक्ष ओलीलाई सम्बोधन गरेर पठाउँदै गत स्थायी कमिटी बैठकमा भएका केही छलफल पश्चात अध्यक्षले बैठकमा राखेका धारणामा मौखिक फरक मत राखेको र त्यसमा थप स्पष्ट पार्न लिखित धारणा पठाइएको बताएका छन् ।
‘अन्तर पार्टी निर्देशनको कार्यान्वयमा जुन खालका समस्या देखिए-देखाइए त्यसबारे नेतृत्वले ध्यान दियो वा दिएन त्यो आफैमा छलफलको विषय थियो । तर, महिनौँसम्मका छलफल, सार्वजनिक चर्चा, टिका–टिप्पणीसमेत भएर गरिएको सहमति र केन्द्रीय कमिटीले गरेको निर्णयसमेत लागू नहुने, बरु लागू नहुनु नै ठिक छ जस्तो गरी हामीले सार्वजनिक रुपले बोल्ने कुराले तत्कालका लागि कसैलाई निजी वा समूहगत फाइदा हुन सक्ला तर त्यसले समग्र पार्टीको विश्वसनीयतामा प्रश्न उठ्दै जान्छ, अरु कैयन् घटनामा पनि हामीले विश्वसनीयता प्रष्ट गर्न सकेका छैनौँ,’ भुसालको पत्रमा भनिएको छ, ‘पटक–पटक उठ्ने यस्ता प्रश्नले खुला, पारदर्शी, सहिष्णु, मूल्य आधारित आन्तरिक लोकतन्त्र र सङ्घ बद्धताजस्ता तत्वले बनेको नेकपा एमालेको राजनीतिक–सांस्कृतिक आनुवंशिकीमा आक्रमण गर्छन् । कुनै खास घटनामा हामीले व्यक्तिगत वा सामूहिक रुपमा गल्ती गर्न सक्छौँ र आफ्नो आन्तरिक विधि तथा परम्पराका आधारमा त्यसको समाधान गर्न गर्छौं । तर हाम्रो जस्तो जिम्मेवार इतिहास भएको पार्टीको सांस्कृतिक आनुवंशिकीमा विकृति उत्पन्न भयो भने त्यसले पिँढी दर पिँढीसम्म आन्दोलनलाई प्रभाव पार्छ तसर्थ, कमरेड अध्यक्षसँग मेरो अनुरोध के छ भने १० बुँदे जे भनेर गरिएको थियो त्यसैगरी लागू गरियोस् ।’
हेर्नुहोस् भुसालले पार्टी बैठकमा पठाएको लिखित पत्र :









प्रधानमन्त्रीलाई दुर्गा प्रसाईंले दिए दुर्गाको मूर्ति उपहार
एमाले महाधिवेशनको तयारी तीव्र
जेनजी आन्दोलनमा कार्यालय आगजनी र लुटपाट गर्ने १५ जना पक्राउ
एनपीएल : बलिङमा नेपाली खेलाडी चम्किए, ब्याटिङमा विदेशी
सिंहदरबारमा प्रधानमन्त्री र दुर्गा प्रसाईंबीच वार्ता जारी
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा, ३ वटा टोली प्लेअफ होडबाट बाहिर
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
एमाले महाधिवेशन : सचिव पदमा युवा नेताको लर्को
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
प्रतिक्रिया