खर्च जोगाउन एकैपटक चुनाव गरौँ : अध्यक्ष नेपाल

काठमाडौँ । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समयअगावै प्रतिनिधिसभा निर्वाचन (अर्ली इलेक्सन)मा जानु जरुरी नभएको बताएका छन् । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा ‘अर्ली इलेक्सन’बारे सञ्चारकर्मीको जिज्ञासामा उनले अगावै चुनाव गर्नु आवश्यक नरहेको भन्दै स्थानीय, प्रदेश र संघीय चुनाव एकै पटक गर्नु पर्नेमा जोड दिए ।
‘किन अर्लीमा जानु ? अर्लीमा जानु जरुरी छैन, मिल्छ कि मिल्दैन छलफल गर्नु पर्ला, कानूनी जटिलता छ की छैन थाहा छैन, पाँच दलमा छलफल भएको पनि छैन,’ अध्यक्ष नेपालले भने, ‘मलाई लागेको चाहिँ सबै चुनाव एकैपटक गराउनुपर्छ भन्ने हो, निर्वाचन खर्च र राष्ट्रको सम्पत्ति जोगाउनका लागि निर्वाचन छुट्टाछुट्टै गर्नु हुँदैन ।’
माओवादी केन्द्रसँग तत्काल पार्टी एकता सम्भव नभएको भन्दै अध्यक्ष नेपालले एकीकृत समाजवादीलाई चुनावसम्म बलियो र शक्तिशाली पार्टी बनाइने जिकिर गरे । ‘वामपन्थी पार्टी मिलुन्, सबै कम्युनिष्ट एक ठाउँमा आउन् भन्ने चाहना केही व्यक्तिको होला, त्यो राम्रो कुरा पनि हो तर माओवादीसँग तत्काल एकता सम्भव छैन, चुनावअघि हामी एकता होइन यो पार्टीलाई बलियो र शक्तिशाली बनाएर अघि बढ्छौँ,’ उनले भने ।
एमालेमा फर्किने कुरामा कल्पनासमेत नगरिएको बताउँदै अध्यक्ष नेपालले अहिले एमालेमा बसेकाको बेहाल भएको र भविष्यसमेत नरहेको जिकिर गरे । एकीकृत समाजवादीलाई विचार र नीति प्रधान पार्टी बनाउँदै सर्वहारा श्रमजीवी जनताको पार्टीका रुपमा स्थापित गरिने र आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनसँग मिलेर अघि बढ्ने उनको भनाइ थियो ।









सिंहदरबारमा प्रधानमन्त्री र दुर्गा प्रसाईंबीच वार्ता जारी
जिल्ला प्रशासनमा जेनजी शहीदको नाम राख्न गृहको निर्देशन
सुडानको कालोगी क्षेत्रमा आक्रमण, बालबालिकासहित ११४ जनाको मृत्यु
ईश्वर पोखरेलले पार्टीलाई बुझाएको अवधारणापत्रमा के छ ? (पूर्णपाठ)
गोवाको नाइटक्लबमा आगलागी हुँदा ४ नेपालीसहित २५ जनाको मृत्यु
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा, ३ वटा टोली प्लेअफ होडबाट बाहिर
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो
प्रतिक्रिया