पीडित किसानलाई राहत दिन क्रान्तिकारी केन्द्रको माग

काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले गत १ गतेदेखि केही दिन देशका विभिन्न भागमा परेको वर्षासँगै पुगेको क्षतिको विवरण संकलन गरी किसानलाई राहत दिनु पर्ने माग राखेको छ । महासंघले सम्पूर्ण पीडित किसानहरूको लागत संकलन गरी महसुस हुने गरी सरकारले घोषणा गरेको राहत दिनु पर्ने माग राखेको हो ।
‘वर्षा, बाढी, पहिरो तथा डुबान प्रभावित सम्पूर्ण किसानहरुको सहभागितामा तत्काल लागत संकलन गरी क्षतिका आधारमा क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन र नेपाल सरकारले घोषणा गरेको राहत प्याकेज जनताले अनुभूति गर्ने गरी तत्क्षण कार्यान्वयन गर्न जोड्दार माग गर्दछौँ,’ संघका अध्यक्ष चित्रबहादुर श्रेष्ठले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ ।
संघले वर्ष कम्तिमा ५ अर्ब रुपैयाँ बराबरको बजेट विनियोजन गरी ‘किसान राहत कोष (कृषि सहायता कोष)’ स्थापना र सञ्चालन गर्न समेत माग राखेको छ । गत १ गतेदेखि देशको सुदूरपश्चिम प्रदेशसहित देशमा विभिन्न भागमा परेको अविरल वर्षाका कारण सयौँ जनाको मृत्यु भएको थियो भने केही बेपत्ता भएका थिए ।
वर्षाका कारण भित्र्यान तयारी अवस्थामा राखिएको धानवाली नष्ट भएको थियो । बाढीले ठूलो मात्रामा धानबालीमा नोक्सान पुगेको भन्दै स्थलगत भ्रमण गरी प्रधानमन्त्री शेरबहादुर देउवाले राहत दिने घोषणा गरेका थिए ।
















राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ- सभापति थापा
कोहलपुरमा अतिक्रमित जग्गा खाली गर्न सुरु
कांग्रेस-एमालेबाहेक प्रदेशमा अर्को सरकार बन्दैन : गगन थापा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया