नेपाल बारको भवन परिसरमा कानून व्यवसायीबीच कुटाकुट
मेरोन्यूज
२०७८ कार्तिक १२ गते १३:१४

काठमाडौँ । शुक्रबार कानुन व्यवसायीबीच हातपात भएको छ । नेपाल बार एसोसिएसनको परिसरमा कानुन व्यवसायीबीच शुक्रबार हातपात भएको हो ।
नेपाल बारको भवनबाहिर कानुन व्यवसायीहरू हात हालाहात भएको हो । दुई पक्षबीच भएको हातपातमा अधिवक्ता भूमिनन्द चुडाल पिटिएका हुन् । उनीमाथि अर्का कानुन व्यवसायी विराट न्यौपानेले हातपात गरेका थिए ।
चुडालले इजलास चल्नु पर्नेमा जोड दिँदै न्यायालय बन्धक हुँदा अधिवक्ता समस्यामा परेको बताउँदै आएका थिए । सोही क्रममा उनी कुटिएका हुन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेरविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्न नेपाल बार एसोसिएसन कार्यसमितिको बैठक बसेको हो ।
सम्बन्धित
















कोहलपुरमा अतिक्रमित जग्गा खाली गर्न सुरु
कांग्रेस-एमालेबाहेक प्रदेशमा अर्को सरकार बन्दैन : गगन थापा
पूर्वकर्मचारीको अनुभवले संस्थागत क्षमता थप सुदृढ हुन्छः महानिरीक्षक पौडेल
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया