बहिर्गमित जनसेनाले बुझाए सरकारलाई ज्ञापनपत्र

काठमाडौँ । बहिर्गमित जनमुक्ति सेना, नेपालले विभिन्न १० बुँदे माग राख्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
गृह मन्त्रालयमा शुक्रबार संगठनको प्रतिनिधिमण्डलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका गृहमन्त्री बालकृष्ण खाँणलाई ज्ञापनपत्र बुझाएको हो ।
गृह मन्त्रालयमा शुक्रबार संगठनका इञ्चार्ज असिम आङबुहाङ लिम्बु, अध्यक्ष रमेश बसेलसहितको प्रतिनिधि मण्डलले ‘बर्हिगमित जनमुक्ति सेना नेपालको माग मुद्दा सम्बोधन सम्बन्धि प्रस्तावनाबारे’ शीर्षकमा कार्यवाहक प्रधानमन्त्री खाणलाई ज्ञापन पत्र बुझाए ।
ज्ञापनपत्र बुझ्दै खाँणले मागका सम्बन्धमा थप अध्ययन गरेर सम्बोधन गर्न सकिने भएमा पहल गर्ने आश्वासन दिए । ‘हामी तपाईहरूले ज्ञापनपत्रमार्फत बुझाएका माग अध्ययन गर्छौ । त्यसपछि के गर्न सकिन्छ भनौंला,’ खाँणले भने ।
संगठनका अध्यक्ष बसेलले शान्ति प्रक्रियासँग जोडिएको मुद्दा भएकोले सम्बोधनको पहल गरिदिन आग्रह गरेका छन् ।
वृहत् शान्ति सम्झौता पश्चात शैन्य शिविरमा राखी अनमिनले गरेको माओवादी लडाकु प्रमाणिकरणमा योग्यता नपुगेको भन्दै चार हजार नौ जना बर्हिगमनमा पारेको ज्ञापनपत्रमा उल्लेख छ ।
ज्ञापनपत्रमा बर्हिगमित जनमुक्ति सेनाका घाइते तथा आपांगहरूको बर्गिकरण गरी प्ररिचय पत्र प्रदान गर्ने, सोही परिचयपत्रका आधारमा सरकारले सम्पूर्ण उपचार खर्च व्यहोर्ने, विभिन्न बहानामा जेल परेका बर्हिगमितहरूलाई निःशर्त रिहा र आममाफी दिनुपर्ने लगायतका माग राखिएको छ ।

















भेनेजुएलाका पूर्वराष्ट्रपति मदुरोलाई तत्काल रिहा गर्न संयुक्त राष्ट्रसङ्घमा माग
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना
निर्वाचनका तीन दिन सीमानाकामा सवारीसाधन सञ्चालन निषेध
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
आज फागुन ९ गते शनिबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
प्रतिक्रिया