श्रीमती बेच्ने १७ वर्षीय किशोर पक्राउ
काठमाडौँ । भारतको उडिसा राज्यमा एक नाबालक किशोरले आफ्नो पत्नीलाई बेचिदिएका छन् । बेचिएका महिलाको माइती पक्षले यसबारे प्रहरी कार्यालयमा मुद्दा दायर गरेसँगै महिलाको उद्धार भएको छ ।
महिलाको माइती पक्षको उजुरीसँगै प्रहरीले सानै उमेरमा विवाह गरी पत्नी बेच्ने बालकलाई पक्राउ गरेको छ । उनलाई तत्कालका लागि बाल सुधार गृहमा पठाएर अनुसन्धान जारी रहेको समाचारमा जनाइएको छ ।
प्रहरीले उद्धार गरेसँगै महिलाले भनिन्, ‘विवाहको ८ दिनपहिले उहाँ ९पति०ले मलाई राजस्थानको एक इँट्टा भट्टामा काम गर्ने भन्दै लगे, करिब दुई महिनापछि एक दिन मलाई एक्लै छाडेर गए, भोलिपल्ट मात्रै मलाई थाहा भयो कि मलाई एक लाख रुपैयाँ (भारू) बेचिएँ भनेर, मलाई किन्ने मान्छेले मलाई घर, खेतमा काम गर्न लगाउथे, प्रहरीले मेरो उद्धार गरिदिए ।’ उनी अहिले आफ्नै आमाबुवा सँगै बसिरहेका छन् ।
महिलाले आफूलाई खरिदकर्ताले यौन दुर्व्यवहार नगरेको स्पष्ट पारिन् । तर, बेलपारा प्रहरी चौकी (जहाँ मुद्दा दर्ता भएको थियो)का इन्चार्ज बुलु मुन्डा भन्छन्, ‘उनलाई किन्ने अधबैंसे पुरुषले अबको केही दिनमा ती युवतीसँग बिहे गर्ने तयारी गरेको छ ।’
पति नाबालक
विवाह गरी पत्नि बेच्ने किशोरको उमेरलाई लिएर अहिले विवाद भइरहेको छ । महिलाले आफूलाई बेच्ने पतिको उमेर बालक नै रहेको र आफ्नो उमेर २४ वर्ष भएको बताएकी छन् । स्थानीय प्रहरीले पत्नी बेच्ने बालकको उमेर जम्मा १७ वर्ष मात्रै रहेको जानकारी दिएको छ ।
बेलापारा प्रहरी चौकीका प्रहरी प्रमुख भन्छन्, ‘हामीले ती किशोरको उमेरबारे उसको स्कूल सर्टिफिकेट र आधार कार्ड हेर्यौँ, जसमा स्पष्ट तरिकाले उनको उमेर १७ वर्ष मात्रै रहेको खुल्ने देखिएको छ ।’
अभियुक्त नाबालक भएकाले उनीमाथिको सजाय कम हुने भएको छ । उनलाई बाल सुधार गृहमा राखिएको छ । अभियुक्तका आमाबुवामाथि समेत प्रहरीले अनुसन्धान सुरु गरेको छ । उनीहरूमाथि नाबालकमा विवाह गरेको मुद्दा लाग्न सक्ने समाचारमा जनाइएको छ ।












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
कांग्रेस केन्द्रीय समितिको म्याद थपियो
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया