श्रीमती बेच्ने १७ वर्षीय किशोर पक्राउ
काठमाडौँ । भारतको उडिसा राज्यमा एक नाबालक किशोरले आफ्नो पत्नीलाई बेचिदिएका छन् । बेचिएका महिलाको माइती पक्षले यसबारे प्रहरी कार्यालयमा मुद्दा दायर गरेसँगै महिलाको उद्धार भएको छ ।
महिलाको माइती पक्षको उजुरीसँगै प्रहरीले सानै उमेरमा विवाह गरी पत्नी बेच्ने बालकलाई पक्राउ गरेको छ । उनलाई तत्कालका लागि बाल सुधार गृहमा पठाएर अनुसन्धान जारी रहेको समाचारमा जनाइएको छ ।
प्रहरीले उद्धार गरेसँगै महिलाले भनिन्, ‘विवाहको ८ दिनपहिले उहाँ ९पति०ले मलाई राजस्थानको एक इँट्टा भट्टामा काम गर्ने भन्दै लगे, करिब दुई महिनापछि एक दिन मलाई एक्लै छाडेर गए, भोलिपल्ट मात्रै मलाई थाहा भयो कि मलाई एक लाख रुपैयाँ (भारू) बेचिएँ भनेर, मलाई किन्ने मान्छेले मलाई घर, खेतमा काम गर्न लगाउथे, प्रहरीले मेरो उद्धार गरिदिए ।’ उनी अहिले आफ्नै आमाबुवा सँगै बसिरहेका छन् ।
महिलाले आफूलाई खरिदकर्ताले यौन दुर्व्यवहार नगरेको स्पष्ट पारिन् । तर, बेलपारा प्रहरी चौकी (जहाँ मुद्दा दर्ता भएको थियो)का इन्चार्ज बुलु मुन्डा भन्छन्, ‘उनलाई किन्ने अधबैंसे पुरुषले अबको केही दिनमा ती युवतीसँग बिहे गर्ने तयारी गरेको छ ।’
पति नाबालक
विवाह गरी पत्नि बेच्ने किशोरको उमेरलाई लिएर अहिले विवाद भइरहेको छ । महिलाले आफूलाई बेच्ने पतिको उमेर बालक नै रहेको र आफ्नो उमेर २४ वर्ष भएको बताएकी छन् । स्थानीय प्रहरीले पत्नी बेच्ने बालकको उमेर जम्मा १७ वर्ष मात्रै रहेको जानकारी दिएको छ ।
बेलापारा प्रहरी चौकीका प्रहरी प्रमुख भन्छन्, ‘हामीले ती किशोरको उमेरबारे उसको स्कूल सर्टिफिकेट र आधार कार्ड हेर्यौँ, जसमा स्पष्ट तरिकाले उनको उमेर १७ वर्ष मात्रै रहेको खुल्ने देखिएको छ ।’
अभियुक्त नाबालक भएकाले उनीमाथिको सजाय कम हुने भएको छ । उनलाई बाल सुधार गृहमा राखिएको छ । अभियुक्तका आमाबुवामाथि समेत प्रहरीले अनुसन्धान सुरु गरेको छ । उनीहरूमाथि नाबालकमा विवाह गरेको मुद्दा लाग्न सक्ने समाचारमा जनाइएको छ ।
















अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान
२८ खर्ब ७८ अर्ब पुग्यो तिर्न बाँकी सार्वजनिक ऋण
पुस्तक जलाएको घटनामा छानबिन गरी दोषीउपर कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
लुयानले ल्यायो सजिलो फाइनान्स सुविधा, नागरिकता कै भरमा स्कुटर किन्न सकिने
नेप्सेमा दोहोरो अंकको सुधार
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
काठमाडौं पिंक केयराथन २०२६ सम्पन्न
प्रतिक्रिया