जेलबाट बाहिरिदा शारुख खानको छोराको भव्य स्वागत

काठमाडौँ । बलिउड बादशाहका उपमा पाएका शारुख खानका छोरा आर्यन २८ दिन लामो हिरासत बसाईपछि आफ्नो घर मन्नत फर्किएका छन् । लागू औषध मुद्दामा पक्राउ परेका उनलाई बिहीबार बेलुका मुम्बई उच्च अदालतले १४ वटा सर्तसहित धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
आर्यनलाई नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले २ अक्टोबरमा पानी जहाजमा आयोजना गरिएको ड्रग्स पार्टीबाट पक्राउ परेको थियो । यस प्रकरणमा उनीसहित २० जना पक्राउ परेका थिए ।
मिडियाको बाक्लो उपस्थितिका बीच उनी आर्थर रोडस्थित जेलबाट बाहिरिएका हुन् । उनका बुवा शाहरुख छोरालाई लिन जेलमै पुगेका थिए । उनको स्वागतमा मन्नतबाहिर सयौं प्रशंसक जम्मा भएर स्वागतमा आतसबाजी गर्दै नाराबाजी गरेका थिए । ‘राजकुमारलाई स्वागत छ’ लेखिएको ब्यानर समेत प्रदर्शन गरिएको थियो ।
आर्यनको रिहाईलाई भारतीय संचारमाध्यमले प्रत्यक्षप्रसारण गरेका थिए । अदालतले शुक्रबार नै रिहा गर्न भने पनि अदालती प्रक्रिया बाँकी हुँदा उनी शनिबार रिहा भएका हुन् ।
#WATCH Aryan Khan reaches his home ‘Mannat’ after being released from Arthur Road Jail in Mumbai
A large gathering of media personnel outside Shah Rukh Khan’s residence delayed the car’s entry into the residential premises pic.twitter.com/Zgay7BQQ8N— ANI (@ANI) October 30, 2021













Around 300,000 foreign tourists visit Annapurna area in 2025
Slight rise in gold and silver price
काभ्रेमा तीन लाख २६ हजार मतदाता, चार सय मतदान केन्द्र
गोरखाको छेकम्पारमा आगलागी हुँदा एकजना घाइते
पुस २८ भित्रै कांग्रेसकाे विशेष महाधिवेशन गर्न माग
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
सामाजिक सञ्जालकाे होहल्ला हेर्दा विचारविहीनले देशै कब्जा गरिसके भन्नेजस्तो छ : प्रचण्ड
तेक्वान्दो टोली चीन प्रस्थान
कुखुरा, बाख्रा र स्यालकाे मोर्चाले बाघको सिकार गर्न सक्दैन : ओली
प्रतिक्रिया