पाँच राष्ट्रसेवक कर्मचारी इन्टेग्रिटी आइकनबाट सम्मानित

काठमाडौं । इन्टेग्रीटी आइकन नेपाल २०२१ बाट यस वर्षका पाँच जना राष्ट्र सेवक कर्मचारी सम्मानित भएका छन् ।
सम्मानित हुनेमा भेरी अस्पताल, बाँकेकी नर्सिङ अधिकृत शिला शर्मा, नवलपुरकी प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनी, मकवानपुरगढी गाउँपालिकाका कृषि अधिकृत चन्द्रकान्त चौधरी, भक्तपुर अस्पतालकी मेडिकल सुपेरिटेन्डेण्ट डा. सुमित्रा गौतम र भाषा आयोगका उप–सचिव डा. लोक बहादुर लोप्चन रहेका छन् ।
सेवाग्राहीको सुझावको आधारमा पाँचै जनालाई छुट्टाछुट्टै टाईटलबाट अवार्ड गरिएको आयोजक एकाउन्टविलिटी नेपालले जनाएको छ ।
जस अन्तरगत, शिला शर्मा “दृढ र सहृदयी”, मनमाया भट्टराई पंगेनी “प्रेरणादायी र निडर”, चन्दकान्त चौधरी “नवप्रवर्तनकारी र दूरदर्शी”, डा. सुमित्रा गौतम “कर्मनिष्ठ र रुपान्तरणकारी”, र डा. लोकबहादुर लोप्चन “अटल र लगनशील” टाइटलबाट सम्मानित भए ।
सम्मानित हुनेहरुलाई पूर्व बागमती प्रदेश प्रमुख तथा सीएनएन हिरो अनुराधा कोइराला र राजनीतिक विश्लेषक हरी शर्माले अवार्ड प्रदान गरेका थिए ।
यस वर्ष पनि कोभिड – १९ को जोखिम कायमै रहेको भन्दै काठमाडौंमा आयोजित सम्मान कार्यक्रममा आयोजक र सम्मानित परिवारको मात्रै उपस्थिति रहेको थियो ।
















अध्यागमन विभागले भन्यो: वैदेशिक रोजगारीमा जाँदा थप बिल/रसिद बुझाउनु पर्दैन
‘ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो’:नारायणप्रसाद दाहाल
चन्द्रयात्राबाट सुरक्षित फर्कियो आर्टेमिस द्वितीय
खनिजजन्य उद्योगबाट उठ्यो दुई अर्ब १४ करोड राजस्व
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया