सर्वोच्चका न्यायाधिशहरुले आज पनि इजलास बहिष्कार गर्ने

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधिशहरुले आज पनि इजलास बहिष्कार गर्ने भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सरकारमा भाग खोजेको र न्यायालय सुधारको माग गर्दै संघर्ष गरिरहेका न्यायाधिशहरुले आइतबार पनि इजलास बहिष्कार गर्ने भएका हुन् ।
न्यायाधीशहरुले प्रधानन्यायाधीश जबराको राजीनमा माग गर्दै एक सातायता इजलास बहिष्कार गर्दै आएका छन् । बिदामा रहेका न्यायाधीशद्वय सपना प्रधान मल्ल र अनिलकुमार सिन्हा पनि आज कार्यालय आउँदै छन् । उनीहरुसहितको बैठक बसेर ठोस निष्कर्षमा पुग्ने एक न्यायाधिशले बताएका छन् ।
न्यायाधिशहरुले प्रधानन्यायाधिशको राजीनामा माग्दै आए पनि तर जबराले राजीनामा नदिने बताएका छन् । यस्तै नेपाल बार एसोसिएसनले आजदेखि सर्वोच्च अदालतमा आन्दोलन सुरु गर्दै छ । बारले कालोपट्टी बाँधेर दैनिक एक घन्टा सर्वोच्चमा धर्ना दिने निर्णय गरेको छ । बारको शुक्रबार बसेको बैठकले प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन पाँच दिनको अल्टिमेटम दिएको थियो ।
















HoR Election: Election activities ramp up in Parbat’s rural regions
नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक
मतदाता भन्छन्ः उम्मेदवार हेरेर आफ्नो मत दान गर्छौं
१९ अङ्कले घट्यो नेप्से, ९ अर्बको कारोबार
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
प्रतिक्रिया