प्रधानन्यायाधीश विरुद्ध बार आन्दोलनमा
सर्वोच्च अदालत प्रांगणमा एक घण्टा धर्ना, भोलि पनि जारी रहने
बरिष्ठ अधिवक्ता तथा पूर्व सभामुख दमननाथ ढुंगानाले भने - न्यायालयको शुद्धीकरणका लागि बारको अगुवाईमा आन्दोलन

काठमाडौं । देशभरका कानुन ब्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आज देखि सर्वोच्च अदालत प्रांगणमा धर्ना शुरु गरेको छ । ५ दिनभित्र प्रधानन्यायाधीसलाई राजीनामा दिन अल्टिमेटम दिँदै बारले आज देखि धर्ना शुरु गरेको हो । सर्वाेच्च प्रांगणमा कानुन ब्यवसायीले आज विहान १० वजे देखि ११ बजेसम्म धर्ना दिएका थिए ।
उनीहरुले धर्ना भोलि सोमबार पनि जारी रहने वताएका छन् । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठका अनुसार भोलिको धनाए भने साढे १० वजे देखि साढे ११ वजेसम्म हुनेछ ।
आइतबारको धर्नामा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, दमननाथ ढुंगाना देखि वयोवद्द वामपन्थी नेता समेत रहेका कमल कोइरालासम्मको धर्नामा सहभागिता रहेको थियो ।
वारले सस्थागत रुपमा नै सर्वाेच्च प्रांगणमा धर्ना दिईरहदा वारको परिसरभित्र भने स्वगत नेपाल, भूमिनन्द चुडाल लगायतका ५ जना कानुन ब्यवसायीले प्रधानमन्यायधीसले राजीनामा दिन नहुने, वारले गरेको आन्दोलन गलत भएको र वन्दी प्रत्यक्षीकरण लगायतका रिटको निरन्तर सुनुवाई हुनुपर्ने लगायतका माग राखी सेतो पट्टी वाधेर विरोध बारको आन्दोलनको प्रति विरोधमा प्रर्दशन गरेको थियो ।
तर त्यसरी गरिएको एन्टी प्रतिरोध जुलुसलाइृ वारका अध्यक्ष श्रेष्ठले कुनै तुक नभएको टिप्पणी गरेका छन् । ‘यो आन्दोलन कुनै ब्यक्तिको विरोधमा नभई समग्र न्यायालयभित्रको विकृति विसंगतिको अन्त्य गर्ने र समग्र न्यायपालिकाको गरिमालाई उँचो राख्नका लागि भएकोले त्यसलाई सोही रुपमा वुझिदिनुहुन म अनुरोध गर्दछु,’ वार अध्यक्ष श्रेष्ठले भने ।
वारको एक घण्टाको धर्ना र विराधे कार्यक्रम पछि बार परिसरमा आयोजित कोणसभालाई पूर्व सभामुख दमननाथ ढंगाना, सर्वाेच्च बारका अध्यक्ष पूर्णमान शाक्य लगायतले सम्वोधन गरेका थिए ।
पूर्वसभामुख ढुंगानाले न्यायालयको शुद्धीकरणका लागि बारको अगुवाईमा आन्दोलन शुरु भएको वताए । राज्यका हरेक अंग बिटुलिन थालेको र त्यसको शुद्धीकरणका लागि आन्दोलनमा होमिएको ढुंगानाको भनाई थियो ।
‘यो शुद्धीकरण अभियान हो, न्यायालयमात्रै होइन संविधानले व्यवस्था गरेका हरेक अंगहरू बिटुलिन थालेका छन् । यसको शुद्धीकरणको सुरूआत न्यालयबाट सुरू गरेका छौं ।’ ढुंगानाले भने ।
त्यस्तै सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले आन्दोलन गन्तब्यमा नपुगी फिर्ता नहुने वताए । ‘यो आन्दोलन फिर्ता हुँदैन, यो प्रधानन्यायाधीशविरूद्ध मात्रै होइन । यो न्यायालयको सुधारका लागि हो । न्यायपालिकाप्रति जनआस्था बढाउन र राज्यका अंगहरूबीच शक्ति सन्तुलनलाई कायम गरू संविधान बर्करार राख्न हामीले आन्दोलन गर्नु परेको हो ।’ शाक्यले भने ।

















One more Election Policeman dies in Baitadi
9 days left to go for HoR polls: EC reminds stakeholders of Election Code of Conduct
मिथिला मध्यमा परिक्रमाको महोत्तरी यात्रा पूरा , यात्री धनुषा प्रस्थान
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
बैतडीमा निर्वाचन प्रहरीको निधन
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
सम्बोधनअघिको दबाबमा ट्रम्प
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
ट्राफिक प्रहरीद्वारा सात महिनामा ७६ लाखभन्दा बढी राजस्व सङ्कलन
प्रतिक्रिया