अमेरिकी लगायत केही राष्ट्रको विनिमय दरमा गिरावट

काठमाडौँ । साताको पहिलो दिन आइतबार अमेरिकी डलर लगायत केहि देशको विनिमयदरमा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको सूचनानुसार अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ५१ पैसा छ भने बिक्रिदर १२० रुपैयाँ ११ पैसा कायम भएको छ ।
केन्द्रीय बैंंकका अनुसार युरोपियन युरोको खरिददर १३९ रुपैयाँ २५ पैसा छ भने बिक्रिदर १३९ रुपैयाँ ९५ पैसा छ । युके पाउण्ड स्ट्रलिङ १ को खरिददर १६४ रुपैयाँ ७८ पैसा बिक्रिदर १६५ रुपैयाँ ६१ पैसा कायम छ । अष्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ ९पैसा छ भने बिक्रिदर ९० रुपैयाँ ५४ पैसा छ ।
क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ ८६ पैसा, बिक्रिदर ९७ रुपैयाँ ३४ पैसा कायम भएर वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै सिंगापुर डलर १ को खरिददर ८८ रुपैयाँ ८२ पैसा छ भने बिक्रिदर ८९ रुपैयाँ २६ पैसा रहेको छ । जापानिज यन १० को खरिददर १० रुपैयाँ ५१ पैसा, बिक्रिदर १० रुपैयाँ ५६ पैसा छ । चाइनिज युयन १ को खरिददर १८ रुपैयाँ ६८ पैसा छ भने बिक्रिदर १८ रुपैयाँ ७८ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ ।
यसैगरी साउदी अरबियन रियाल १ को खरिददर ३१ रुपैयाँ ८६ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ २ पैसा रहेको छ । कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ८२ पैसा, बिक्रिदर ३३ रुपैयाँ छ । संयुक्त अरब इमिरेट्स युएई दिराम १ को खरिददर ३१ रुपैयाँ ८८ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ९९ पैसा रहेको छ ।
मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ ८६ पैसा, बिक्रिदर २९ रुपैयाँ १ पैसा कायम भएको केन्द्रीय बैंकको तत्थ्यांकमा उल्लेख छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २१ पैसा छ भने बिक्रिदर १० रुपैयाँ २६ पैसा कायम भएको छ ।
















पर्सामा मध्यरातदेखि भारतीय सीमानाका बन्द
आज लाग्दैछ दुर्लभ प्रकारको खण्डग्रास चन्द्रग्रहण
सुदूरपश्चिममा निर्वाचनको तयारी पूरा
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
प्रतिक्रिया