समाजसेवी तामाङ ‘लानी धिनी’ बाट सांगीतिक यात्रामा

काठमाडौँ । तामाङ सोसाइटी अफ अस्ट्रेलियाका उपाध्यक्ष अबिरल तामाङको पहिलो भिडियो एल्बम ’लानी धिनी’ बजारमा आएको छ । अबिरल तामाङको आफ्नै युटुब च्यानल मिनशेङस प्रोडक्सनबाट उक्त गीत सार्वजानिक गरिएइको हो ।
अस्ट्रेलियामा रहेर समाजसेवामा सकृय तामाङ यस भिडियोले दर्शक र स्रोताको मन जित्नेमा विश्वस्त छन । गीतमा उनै समाजसेवी अबिरल तामाङको शब्द, जोगलाल लामाको संगीत र संयोजन, पहिलो नेपाली तारा सन्तोष लामा र गायिका सिर्जना स्याङ्तानको आवाज रहेको छ । दिपेश प्रधानले मिक्सिङ गरेको उक्त गीतलाई सरगम रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको हो ।

म्युजिक भिडियोमा नायक कुमार मोक्तान र नायिका सिता लामाको अभिनय रहेको छ । उक्त गीतको म्युजिक भिडियोलाई काभ्रे, सिन्धुली लगायतका रमणिय स्थलमा छायांकन गरेका हुन । उक्त म्युजिक भिडियोलाई त्रिलोक लामाले छायांकन, सुर्य लामाले सम्पादन, निर्देशन, कलर, ड्रोन छायांकन गरेका हुन ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया