कास्कीमा राती १० बजेपछि देउसीभैलो खेल्न निषेध

पोखरा । कास्कीमा तिहारको अवसरमा राति १० बजेपछि देउसी भैलो खेल्न प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबार सूचना जारी गर्दै राती १० बजेछि देउसी भैलो खेल्न रोक लगाएको हो ।
कोरोना सङ्क्रमण दर अपेक्षित नघटेको भन्दै सम्पूर्ण स्वास्थ्य मापदण्ड अपनाएर राती १० बजेसम्म मात्र देउसी भैलो नाचगान गर्न प्रशासनले आदेश दिएको छ ।
यस्तै, प्रशासनले पटका, आतसवाजी, झिरझिरे, भूइँचम्पा जस्ता विष्फोटकजन्य पदार्थ प्रयोग र निकासी, ओसारपोसारमा पूर्ण प्रतिवबन्ध लगाएको छ ।
मादक पदार्थ सेवन गरी सार्वजनिक शान्ति र सुरक्षालाई असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला गर्ने एवं झैंझगडा गर्ने जस्ता कार्य नगर्न र भीडभाडजन्य गतिविधि गरी समाजमा शान्ति एवं अशोभनीय क्रियाकलापजन्य कार्यहरू नगर्न पनि प्रशासनले अनुरोध गरेको छ ।
त्यस्तै, मठ मन्दिर, गुम्बा लगायतका धार्मिक स्थलहरूमा अनावश्यक भिडभाड हुन नदिई स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गरी पूजापाठ लगायतका धार्मिक कार्य सञ्चालन गर्न आग्रह गरेको छ ।










प्रधानमन्त्रीलाई दुर्गा प्रसाईंले दिए दुर्गाको मूर्ति उपहार
एमाले महाधिवेशनको तयारी तीव्र
जेनजी आन्दोलनमा कार्यालय आगजनी र लुटपाट गर्ने १५ जना पक्राउ
एनपीएल : बलिङमा नेपाली खेलाडी चम्किए, ब्याटिङमा विदेशी
सिंहदरबारमा प्रधानमन्त्री र दुर्गा प्रसाईंबीच वार्ता जारी
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा, ३ वटा टोली प्लेअफ होडबाट बाहिर
एमाले महाधिवेशन : सचिव पदमा युवा नेताको लर्को
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
प्रतिक्रिया