सोमबार, मंसिर २२, २०८२

कैलालीमा एक पुरुषको शव फेला

मेरोन्यूज २०७८ कार्तिक १५ गते ९:०९

कैलाली । कैलालीमा एक पुरुषको शव फेला परेको छ । जिल्लाको लम्कीचुहा नगरपालिका –३ ढुंगे बगरस्थित कर्णाली नदीको किनारमा पहिचान नखुलेका एक पुरुषको शव फेला परेको प्रहरीले बताएको छ ।

शव पोष्टमार्टमका लागि टीकापुर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। अन्दाजी ५०र५५ वर्षका देखिने, मोटो शरीर, उचाई अन्दाजी ५ फिट ५ ईन्च भएका पुरुषको शव आइतबार राति बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया