गण्डकीका मुख्यमन्त्रीले भने– प्रेस स्वतन्त्रता हनन् हुन दिन्न

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध रहेको बताएका छन् ।
मुख्यमन्त्री पोखरेलले संविधानको मूल्य, मान्यता विपरित गएर प्रदेश सरकारले प्रेस स्वतन्त्रता हनन् हुन नदिने भन्दै ढुक्क हुन पनि पत्रकारहरुलाई आग्रह गरे ।
नेपाल पत्रकार महासंघ, कास्की शाखाले सोमबार पोखरामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले प्रक्रियामा गइसकेको मिडियासम्बन्धि विधेयक पत्रकारहरुसँगकै छलफलमा परिमार्जन गरेर अघि बढन आफूहरु तयार रहेको बताए ।
मुख्यमन्त्री पोखरेलले पत्रकारहरुकै सहयोगमा स्थापित भएको आफू नेतृत्वको प्रदेश सरकारले प्रेस स्वतन्त्रता विरोधी कुनै पनि कानुन नबनाउने बताए ।
उनले हाम्रो संविधानले प्रेस स्वतन्त्रतालाई स्विकार गरिसकेको हुनाले त्यस विपरित कुनै पनि खालको काम गर्न नमिल्ने समेत स्पष्ट पारे ।










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया