संघ, प्रदेश र स्थानीय तहको चुनाव एकैपटक गर्नेबारे छलफल

काठमाडौं । सत्तारुढ राजनीतिक दलहरुले केन्द्र, प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्नेबारेमा छलफल चलाएका छन् ।
सोमबार पार्टी निकटका निजामती कर्मचारीहरुको कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रदेखि स्थानीय तहको निर्वाचन एकैपटक गर्नेबारेमा दलहरुबीच छलफल भइरहेको बताए ।
राज्यलाई कम आर्थिक भार पर्ने तथा जनतालाई पनि कम दुःख हुने भएकाले एकै पटक सबै निर्वाचन गर्ने भन्नेमा छलफल भइरहेको प्रचण्डले बताए । दलहरुबीच निर्वाचनको मोडालिटीबारेमा विभिन्न किसिममा छलफल भइरहेको उनको भनाइ थियो ।
उनले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन एकै पटक निर्वाचन गर्ने वा पहिले प्रतिनिधिसभाको निर्वाचन गरेर मात्र स्थानीय तहको निर्वाचन गर्नेबारे भन्ने निश्कर्ष आइनसकेको बताए । निर्वाचन आयोगसँग छलफल गर्न भने बाँकी नै रहेको अध्यक्ष प्रचण्डले बताए ।









देउवा-ओलीबीच भेट
काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै
सेयर बजारमा १३ अंकको गिरावट, तीन अर्ब ५१ करोडकाे काराेबार
तीन सय शैयासहित सेवा विस्तार गर्दै नेपाल एपीएफ अस्पताल
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया