संघ, प्रदेश र स्थानीय तहको चुनाव एकैपटक गर्नेबारे छलफल

काठमाडौं । सत्तारुढ राजनीतिक दलहरुले केन्द्र, प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्नेबारेमा छलफल चलाएका छन् ।
सोमबार पार्टी निकटका निजामती कर्मचारीहरुको कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रदेखि स्थानीय तहको निर्वाचन एकैपटक गर्नेबारेमा दलहरुबीच छलफल भइरहेको बताए ।
राज्यलाई कम आर्थिक भार पर्ने तथा जनतालाई पनि कम दुःख हुने भएकाले एकै पटक सबै निर्वाचन गर्ने भन्नेमा छलफल भइरहेको प्रचण्डले बताए । दलहरुबीच निर्वाचनको मोडालिटीबारेमा विभिन्न किसिममा छलफल भइरहेको उनको भनाइ थियो ।
उनले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन एकै पटक निर्वाचन गर्ने वा पहिले प्रतिनिधिसभाको निर्वाचन गरेर मात्र स्थानीय तहको निर्वाचन गर्नेबारे भन्ने निश्कर्ष आइनसकेको बताए । निर्वाचन आयोगसँग छलफल गर्न भने बाँकी नै रहेको अध्यक्ष प्रचण्डले बताए ।

















One more Election Policeman dies in Baitadi
9 days left to go for HoR polls: EC reminds stakeholders of Election Code of Conduct
मिथिला मध्यमा परिक्रमाको महोत्तरी यात्रा पूरा , यात्री धनुषा प्रस्थान
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
सम्बोधनअघिको दबाबमा ट्रम्प
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
ट्राफिक प्रहरीद्वारा सात महिनामा ७६ लाखभन्दा बढी राजस्व सङ्कलन
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
प्रतिक्रिया