बन्द हुने भो ‘मुन्द्रेको कमेडी क्लब’
‘फुलन्देकी आमा’ अर्को रियालिटी शोको होेस्ट
मेरोन्यूज
२०७८ कार्तिक १५ गते १८:४३

काठमाडौं । हाँस्य कलाकार जितु नेपालले सञ्चालन गर्दै आएको रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’को प्रशारण बन्द हुने भएको छ ।
डेढ वर्ष भन्दा लामो समयदेखि नेपाल टेलिभिजनमा प्रशारण हुँदै आएको ‘मुन्द्रेको कमेडी क्लब’ आउँदो साता प्रशारण भएपछि बन्द हुने सञ्चालक जितु नेपालले जानकारी दिएका छन् ।
जितुले यो ‘शो’ बन्द भएपछि आफूले केही समय विश्राम लिने र नयाँ ‘शो’ दर्शकमाझ ल्याउने बताएका छन् ।
यो शोमा निक्कै नै लोकप्रिय भएका कलाकार उमेश राई ‘फुलन्देकी आमा’ अर्को एक रियालिटी शोको होेस्ट बन्ने पक्का भएसँगै जितुले यो शो बन्द गर्ने निर्णय गरेका हुन् ।
‘मुन्द्रेको कमेडी क्लब’लाई प्रायोजन गर्दै आएको कि एड्भरटाइजिङले पनि कलाकार जितुको प्रस्तावमा सहमति जनाएपछि अर्को सातादेखि बन्द हुने भएको हो ।
सम्बन्धित










काठमाडौंलाई पराजित गर्दै सुदूरपश्चिमको विजयी सुरुआत
नेकपा र जसपाको एकता वार्ता निर्णायक दिशामा
मधेशका सभामुख मण्डल पदमुक्त
बेतन कर्णाली जलविद्युत परियोजनाको लागि ९३ अर्ब लगानी स्वीकृत
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया